नन्द बहादुर रोकाया। भदौ ११, मुगु। छायाँनाथ रारा नगरपालीका वडा नं ९ मुर्माका महिला र खत्याड गाउँपालीका साविकाको सेरी गाविसका महिलाले छाउपडी हटाउने लिखित प्रतिवद्धता"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... नन्द बहादुर रोकाया। भदौ ११, मुगु। छायाँनाथ रारा नगरपालीका वडा नं ९ मुर्माका महिला र खत्याड गाउँपालीका साविकाको सेरी गाविसका महिलाले छाउपडी हटाउने लिखित प्रतिवद्धता"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

महिलाले गरे छाउपडी हटाउने लिखित प्रतिवद्धता

११ भाद्र २०७४, आईतवार ०८:५१

नन्द बहादुर रोकाया। भदौ ११, मुगु। छायाँनाथ रारा नगरपालीका वडा नं ९ मुर्माका महिला र खत्याड गाउँपालीका साविकाको सेरी गाविसका महिलाले छाउपडी हटाउने लिखित प्रतिवद्धता गरेका छन ।

 शनिबार मुमा गाउँमा आयोजित अन्तरक्रिया कार्यक्रमा महिलहरुले यस्तो प्रतिवद्धता गरेका हुन । हिमाली ग्रामिण युवा समाज बिकास केन्द्र मुगुको आयोजनमा  सञ्चालीत कार्यक्रमा  वडा नं ९ र खत्याड गाउँपालीका साविकाको सेरी गाविस का महिला वडा सदस्य अगुवा महिला स्वास्थ्य स्वयमसेवक धार्मिक नेता लगायतले समाजमा जरो गाडेर बसेको छाउपडी हटाउने र छाउगोठ भत्काई महिला तथा किशोरीलाई छाउ भएका बेला सुरक्षित स्थानमा राख्ने बताएका छन । छाउभएका बेला गहुँभारी नबोक्ने पोसिला खाने कुराखाने नियमित सरसफाई गर्ने लगायतका कुरा लाई लागु गर्न घरदैलो अभियान गरिने समेत बताएका छन ।

 हिमाली ग्रामिण युवासमाज बिकास केन्द्रले छाउपडी अभियान मार्फत बिगत १० बर्ष देखि मुगुमा बिभिन्न कार्यक्रम गदै आएको र साविकका ६ गाविसमा कार्यक्रम गरी छाउपडी प्रंथा लैगिंक हिसांका बिषयमा ओकालत गदै आएको छ । विगत केही वर्ष अगाडी घरमा महिला महिनावारी हुँदा देउता रिसाउने भन्दै पाँच देखि सात दिनसम्म घरबाट अलग्गै राख्ने , दुध  दहि, घिउ , मह लगायतका खाने कुरा खान नदिने, फलफुलका विरुवा, गाई वस्तु छुन नदिने गरै ठूला ठूला भारी बोक्नु पर्ने परम्परा रहे पनि पछिल्ला वर्षहरुमा त्यस्तो नभएको हिमाली ग्रामिण युवा समाज बिकास केन्द्र हिरिष्डेकका मानवअधिकाु अधिकृत सन्जु तिमिल्सेनाले जानकारी दिनुभयो ।

 समाजमा गरिने बिभिन्न किसिमाका बिवेद कार्यम भएपनी छाउपडीमा केहि सुधारत्मक आएको बताउनुभयो । देविदेवता लाग्ने अन्ध बिश्वासका कारण समाजमा छाउपडी हठाउन ग्राहो भएको भएपनी  मुर्मा र सेरीका धार्मिक नेता महिला वडा सदस्य लगायत स्वास्थ्य कर्मि सबैले छाउपडी हटाउने लिखित प्रतिवद्धता गरे संगै आगमी दिनमा केहि परिवतन आउने तिमिल्सेनाको भनाई छ । विभिन्न चेतना मुलक कार्यले समाजमा परिवर्तन आई महिनावारी भएका महिलाहरुलाई अहिले सफा सुग्घर गर्न लगाउने , सुरक्षित रुपमा वस्ने व्यवस्था सहित भान्सामा लिने बाहेक अन्य कुरा परिवर्तन भई सकेको महिलाले बताएकी छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह आजदेखि देशभर मौसम फेरबदल कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै सुन मुल्य तोलाको ३ लाख नाघ्यो