३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

तीन महिनामा दुई लाखभन्दा बढी अफगानी पाकिस्तानबाट फिर्ता

२२ जेष्ठ २०८२, बुधबार १६:२५

पाकिस्तान सरकारले अप्रिलमा निर्वासन अभियान नवीकरण गरेपछि दुई लाखभन्दा बढी अफगानी नागरिकले पाकिस्तान छोडेको इस्लामाबादको आन्तरिक मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार अप्रिलमा एक लाख ३५ हजारभन्दा बढी अफगानी नागरिकले पाकिस्तान छोडे भने मे महिनामा यो सङ्ख्या ६७ हजारमा झरेको थियो । यसैगरी, जुन महिनाको पहिलो दुई दिनमा तीन हजार भन्दा बढी अफ्गानीलाई स्वदेश फिर्ता पठाइएको थियो ।

लगातारको गृहयुद्धबाट भागेर लाखौँ अफगानीहरू पाकिस्तानमा आई आप्रबासी शरणार्थीका रूपमा बसोबास गर्दै आएका छन् ।

तर सन् २०२३ मा इस्लामाबादले स्वदेश फिर्र्ती कार्यक्रम सुरु गरेदेखि दश लाखभन्दा बढी अफगानीले पाकिस्तान छोडेका छन्।

मङ्गलबार, संयुक्त राष्ट्रसङ्घको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनले इरानबाट निर्वासित अफगान परिवारहरूको सङ्ख्या बढेकोमा चिन्ता व्यक्त गर्दै मे महिनामा १५ हजार ६७५ जनाले सीमामा दर्ता गरेको जनाएको छ । अघिल्लो महिनाको तुलनामा यो सङ्ख्या दोब्बरभन्दा बढी हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली