2026-07-25 02:41 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कैलाली - KLL

परिकल्पना गरेअनुसार पूर्वाधार विकास भइरहेको छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ | उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले पूर्वाधार विकासमा वर्तमान सरकारले परिकल्पना गरेअनुसार काम भइरहेको बताउनु भएको छ ।

आज गोदावरी नगरपालिका–३ चौकीडाँडामा एसियाली विकास बैङ्कको ऋण सहयोगमा निर्माण गरिएको एकीकृत फोहोरमैला व्यवस्थापन प्रणालीको उद्घाटन कार्यक्रममा उहाँले देशभरको पूर्वाधार विकास निर्माणमा सङ्घीय सरकार, स्थानीय तह र दातृनिकायको सहयोगमा उल्लेख्य काम भइरहेको बताउनुभयो ।

सरकारले नयाँ सहर निर्माणका लागि एकीकृत सहरी खाका तयार गरी अघि बढिरहेको उहाँले बताउनुभयो । उहाँले देशका १८५ वटा नगरपालिकाको एकीकृत सहरी योजना तयार पारिएको जानकारी दिनुभयो ।

उहाँका अनुसार तराई मधेसका सहरको आर्थिक अवस्था चलायमान बनाउन सहरी विकास मन्त्रालयले सो क्षेत्रका नगरपालिकामा एक हजार किलोमिटर बढी सडक र ढल निर्माण गरिरहेको छ ।

उपप्रधानमन्त्री सिंहले मन्त्रालयले आवास विहीनका लागि जनता आवास निर्माण र सुरक्षित आवास निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो ।

सुदूरपश्चिममा उक्त परियोजना नमूनाको रूपमा रहेको बताउँदै उहाँले एकीकृत फोहोरमैला व्यवस्थापन, दिसाजन्य पदार्थ प्रशोधन प्रणालीले गोदावरी नगरपालिकालाई सफा र व्यवस्थित सहरका रूपमा चिनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

एसियाली विकास बैङ्क (एडिबी)को ऋण अनुदान सहयोग र नेपाल सरकारको सहकार्यमा क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीको संयोजनमा निर्माण गरिएको सो केन्द्र रु ५२ करोड ८४ लाखको लागतमा सम्पन्न भएको हो ।

उक्त परियोजनामा ७५ प्रतिशत रकम एडिबीको ऋण र बाँकी २५ प्रतिशत नेपाल सरकारको लगानी छ । फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको ठेक्का चीनको सिचुवान प्रोभेन्सियल जियोलोजिकल इन्जिनियरिङ कम्प्लेक्सलाई दिइएको थियो । भण्डै पाँच हेक्टर क्षेत्रफलमा फैलिएको सो केन्द्र तीन वर्षसम्म निर्माण कम्पनीकै व्यवस्थापनमा रहनेछ भने उक्त अवधिपछि गोदावरी नगरपालिकालाई हस्तान्तरण गरिने सम्झौतामा उल्लेख छ ।

सो केन्द्रले दैनिक १३.५ टन फोहोर व्यवस्थापन र प्रतिदिन १३ घनमिटर दिसाजन्य फोहोर प्रशोधन गर्ने सहरी विकास भवन निर्माण विभागका महानिर्देशक बज्रकाजी महर्जनले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भिरबाट लडेर एक जनाको मृत्यु हरिशयनी एकादशीमा देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ