2026-09-26 06:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

कुकुरलाई सार्वजनिक स्थलमा घुमाउन नपाइने

इरानका अधिकारीहरूले सार्वजनिक स्वास्थ्य, सामाजिक व्यवस्था र सुरक्षाको कारण देखाउँदै सार्वजनिक स्थलमा कुकुर हिँडाउन लगाइएको प्रतिबन्धलाई बिस्तार गरिएको छ ।

सन् २०१९ मा तेहरानमा कुकुरलाई सार्वजनिक स्थलमा हिँडाउन प्रतिबन्ध लगाउने प्रहरीको निर्देशनलाई प्रतिबिम्बित गर्दै आइतबारदेखि पश्चिमको इलाम शहरमा यो प्रतिबन्ध विस्तार गरिएको छ ।

हालैका दिनहरूमा कम्तीमा १७ अन्य शहरहरूले पनि यस्तै प्रतिबन्धहरू लागू गरेका छन्, जसमा मध्यमा इस्फाहान र दक्षिणमा केर्मान शहर समावेश छन्।

सन् १९७९ मा इरानमा भएको इस्लामिक क्रान्तिदेखि नै कुकुरको मालिक हुनु र सार्वजनिक स्थलमा घुमाउनु विवादको विषय बनेको छ । यद्यपि कुकुरको स्वामित्वलाई पूर्ण रूपमा प्रतिबन्ध लगाउने कुनै कानून भने अख्तियार गरिएको छैन ।

इस्लामिक धर्म मान्ने कैयौँ विद्वानहरूले कुकुर पाल्नु वा तिनीहरूको थुकको सम्पर्कमा आउनुलाई ‘नाजी’ वा धार्मिक रूपमा अशुद्ध ठान्छन् भने केही अधिकारीहरूले तिनीहरूलाई पश्चिमी सांस्कृतिक प्रभावको प्रतीकको रूपमा लिन्छन् ।

कुकुरको स्वामित्वलाई निरुत्साहित गर्ने व्यापक अभियानको एक भागको रूपमा स्थानीय अधिकारीहरूले सार्वजनिक स्थानहरूमा हिंड्न वा तिनीहरूलाई सवारी साधनमा बोक्न समय–समयमा प्रतिबन्ध लगाएका छन्।

तेहरान र इरानका अन्य ठाउँहरूमा धेरै कुकुर मालिकहरूले आफ्ना कुकुरलाई डुलाइरहेका कारण प्रतिबन्धहरू लागू गर्नु धेरै हदसम्म असङ्गत भएको छ ।

सुधारवादी इतेमाद पत्रिकाले आइतबार इलाम शहरका एक अधिकारीलाई उद्धृत गर्दै ‘उल्लङ्घन गर्नेलाई कानुनी कारबाही गरिने’ बताएको छ ।

इरानको सरकारी अखबारले शनिबार भनेको छ, “सार्वजनिक सुव्यवस्था कायम राख्न, सुरक्षा सुनिश्चित गर्न र सार्वजनिक स्वास्थ्यको रक्षा गर्नका लागि पछिल्लो कदम चालिएको हो ।”
पश्चिमी सहर हमेदानका अभियोजक अब्बास नजाफीले भन्नुभयो, “कुकुरको हिँडडुल जनस्वास्थ्य, शान्ति र आरामका लागि खतरा हो ।”

सन् २०२१ मा इरानका करिब ७५सांसदले घरपालुवा जनावर कुकुरको स्वामित्वलाई ‘विनाशकारी सामाजिक समस्या’ भन्दै निन्दा गरेका थिए ।

सन् २०१७ मा इरानका सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले ‘कुकुर पाल्ने, सिकार गर्ने र पहरा दिने’ बाहेक अन्य कारणले कुकुर पाल्नु निन्दनीय मानिने बताउनुभएको थियो ।

“यदि यो अभ्यास गैर–मुस्लिमसँग मिल्दोजुल्दो छ, उनीहरूको संस्कृतिलाई बढावा दिन्छ वा छिमेकीहरूलाई हानि र अशान्ति निम्त्याउँछ भने यसलाई वर्जित मानिन्छ,” तस्नीम समाचार एजेन्सीले खामेनीलाई उद्धृत गरी उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह