भदौ १३,चितवन। बाढीले बगाएर भारत पुर्याएका छवटा गैँडाको उद्धार गरेर फर्किएको दुई दिन नबित्दै भारतमा फेरि गैँडा देखिएपछि चितवन राष्ट्रिय निकुञ्जको प्राविधिज्ञसहितको टो"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १३,चितवन। बाढीले बगाएर भारत पुर्याएका छवटा गैँडाको उद्धार गरेर फर्किएको दुई दिन नबित्दै भारतमा फेरि गैँडा देखिएपछि चितवन राष्ट्रिय निकुञ्जको प्राविधिज्ञसहितको टो"/>
११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

फेरि गैँडा देखिएपछि टोली भारत प्रस्थान

१३ भाद्र २०७४, मंगलवार ०६:५२

भदौ १३,चितवन। बाढीले बगाएर भारत पुर्याएका छवटा गैँडाको उद्धार गरेर फर्किएको दुई दिन नबित्दै भारतमा फेरि गैँडा देखिएपछि चितवन राष्ट्रिय निकुञ्जको प्राविधिज्ञसहितको टोली आज बिहानै भारत प्रस्थान गरेको छ । 

भारतको बाल्मिकी टाइगर रिजर्वका अधिकारीहरुले नेपाल भारत सीमाभन्दा पाँच/छ किलोमिटर पर बयस्क गैँडा देखिएको जानकारी दिएपछि आज बिहानै प्राविधिकसहितको टोली भारत हिँडेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । 

उहाँका अनुसार निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सक तथा प्राविधिज्ञसहितको टोली भारत गएको हो । 

यसअघि भदौ १ देखि गैँडाको उद्धारमा खटिएको उक्त टोलीले १० दिनको अन्तरालमा दुई भालेसहित छवटा गैँडाको उद्धार गरेको थियो । तीमध्ये पाँच गैँडालाई चितवन निकुञ्जमा छाडिएको छ भने एउटा सानो रहेकाले संरक्षण गरेर राखिएको छ । 

थप गैँडा फेला नपरेपछि आइतबार चितवन फर्किएको टोली आज फेरि गैँडा देखिएको जानकारी आएपछि उद्धारका लागि बिहानै भारत गएको हो । 

निकुञ्जको पश्चिम सेक्टर अमल्टारीमा रहेको हात्तीसहित वरिष्ठ पशु चिकित्सक डा कमल गैरे तथा निकुञ्जका अधिकारीहरु उद्धारमा खटिएका छन् । 

साउन २८ गते आएको बाढीका कारण चितवन निकुञ्जका दुई गैँडा तथा छवटा रतुवा मृग र चित्तल मरेको पाइएको निकुञ्जले जनाएको छ । बाढीका कारण निकुञ्जमा झण्डै रु दुई करोडको भौतिक सम्पत्ति क्षति भएको छ । रासस(फाइल फोटो) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह