भदौ १३,काठमाडौँ। नेपालको व्यावसायिक कृषिमा योगदान पुर्याएबापत १५ जना कृषि उद्यमीलाई ‘एग्रो टाइम्स कृषि अवार्ड–२०७४’ प्रदान गरिएको छ । 

एग्रो टाइम्स मि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १३,काठमाडौँ। नेपालको व्यावसायिक कृषिमा योगदान पुर्याएबापत १५ जना कृषि उद्यमीलाई ‘एग्रो टाइम्स कृषि अवार्ड–२०७४’ प्रदान गरिएको छ । 

एग्रो टाइम्स मि"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पन्ध्र कृषि उद्यमीलाई कृषि अवार्ड प्रदान

१३ भाद्र २०७४, मंगलवार ०७:१९

भदौ १३,काठमाडौँ। नेपालको व्यावसायिक कृषिमा योगदान पुर्याएबापत १५ जना कृषि उद्यमीलाई ‘एग्रो टाइम्स कृषि अवार्ड–२०७४’ प्रदान गरिएको छ । 

एग्रो टाइम्स मिडिया नेटवर्कद्वारा प्रकाशित एग्रो टाइम्स मासिक पत्रिकाको पाँचौं वार्षिकोत्सवको अवसरमा सोमबार आयोजित कार्यक्रममा पशुपक्षी विकासमन्त्री सन्तकुमार थारुले सो अवार्ड प्रदान गर्नुभयो । 

कृषि उद्यमी ढालुराम माझीलाई सर्वोत्कृष्ट अवार्ड प्रदान गरिएको छ । त्यसैगरी, उत्कृष्ट हुनेमा कृषि उद्यमी अम्बरबहादुर तारामी मगर, दीपेन्द्रकुमार जोशी, हरिराज भट्टराई, जंगबहादुर साह, ख्यामनारायण पौड्याल, प्रेमकृष्ण श्रेष्ठ, रविकृष्ण जोशी, राजेन्द्र देवकोटा, राम पटेल, रामजीप्रसाद तिमिल्सिना, समीक्षा बाँस्कोटा र संग्राम राई हुनुहुन्छ । सत्कर्म कृषि सहकारी संस्था लिमिटेड र शक्तिश्वरी कृषि फार्मलाई पनि सो अवार्ड प्रदान गरिएको छ । 

सोही अवसरमा मन्त्री थारुले ‘एग्रो टाइम्स कृषि अवार्ड–२०७४’ ले किसानलाई प्रोत्साहन र हौसला मिलेको हुँदा अवार्डलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । 

एग्रो टाइम्सका प्रबन्ध निर्देशक अशिम सापकोटाले विगत लामो समयदेखि आफ्नो मिडियाले कृषि र कृषकका बारेमा उजागर गर्दै आएको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह