२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

मेनपावर नवीकरणका लागि गुगल लोकेसन अनिवार्य

२०८२, २७ जेष्ठ सोमबार १३:२६

काठमाडौँ । वैदेशिक रोजगार विभागले इजाजतप्राप्त श्रम संस्थाहरू (मेनपावर कम्पनी) लाई नवीकरणको प्रक्रियामा गुगल लोकेसन (गुगल प्लस कोड) अनिवार्य रूपमा पेस गर्नुपर्ने व्यवस्था लागू गरेको छ।

विभागले सोमबार सार्वजनिक सूचना जारी गर्दै, सम्बन्धित संस्थाले आफनो डिजिटल ठेगाना खुल्ने गरी गुगल प्लस कोड अनिवार्य रूपमा बुझाउनुपर्ने र उक्त लोकेसन संस्थाको वेबसाइटमा पनि प्रष्ट रूपमा राख्नुपर्ने प्रावधान गरिएको जानकारी दिएको छ।

वैदेशिक रोजगार ऐन, २०६४, नियमावली २०६४ र सुशासन ऐन, २०६४ लगायत प्रचलित कानुनअनुसार, इजाजतप्राप्त संस्थाहरूले हरेक वर्ष नवीकरण गराउनुपर्ने व्यवस्थाअनुसार यो नयाँ शर्त लागू गरिएको हो।

यो व्यवस्था निम्न श्रेणीका संस्थाहरूमा लागू हुनेछ:

  • वैदेशिक रोजगारको स्वीकृति प्राप्त संस्था (मेनपावर)
  • तिनीहरूको शाखा कार्यालयहरू
  • अभिमुखीकरण तालिम दिने संस्था
  • केयरगिभर तथा घरेलु कामदार सम्बन्धी सिप विकास तालिम केन्द्रहरू
  • वैदेशिक रोजगारमा जान तयार कामदारहरूलाई सिपमूलक तालिम दिने संस्था
  • तोकिएका देशहरूमा कामदार पठाउन सूचीकृत संस्थाहरू

विभागले नवीकरण प्रक्रियामा ढिलाइ वा नियम पालना नगरेमा कानुन बमोजिम कारबाही हुने चेतावनीसमेत दिएको छ।

नवीकरणका लागि आवश्यक कागजातहरूसँगै:

  • गुगल प्लस कोडसहितको गुगल म्याप लोकेसन
  • संस्थाका सञ्चालक र कार्यरत कर्मचारीहरूको विवरण

अन्य सम्बन्धित विवरणहरू पनि निवेदनसहित पेश गर्नुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ