इमरान खान/भदौ १३, कपिलवस्तु । कपिलवस्तु नगरपालिका अधिराज्यकै पुरानो नगरपालिका कपिलवस्तु नगरपालिकाको चालु आर्थिक वर्ष २०७४/०७५ को कुल अनुमानित बजेट रकम ६१ कर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

इमरान खान/भदौ १३, कपिलवस्तु । कपिलवस्तु नगरपालिका अधिराज्यकै पुरानो नगरपालिका कपिलवस्तु नगरपालिकाको चालु आर्थिक वर्ष २०७४/०७५ को कुल अनुमानित बजेट रकम ६१ कर"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कपिलवस्तु नगरपालिकाको बजेट ६१ करोड २४ लाख

२०७४, १३ भाद्र मंगलवार ०८:१२


इमरान खान/भदौ १३, कपिलवस्तु । कपिलवस्तु नगरपालिका अधिराज्यकै पुरानो नगरपालिका कपिलवस्तु नगरपालिकाको चालु आर्थिक वर्ष २०७४/०७५ को कुल अनुमानित बजेट रकम ६१ करोड २४ लाख ५९ हजार प्रस्तुत गरिएको छ । 

कपिलवस्तुको तौलिहवामा नगरपालिकाको प्रथम नगर सभामा नगर प्रमुख किरण सिंहले बजेट नीति तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा सो प्रस्तुत गरेका हुन । कुल बजेट रकम मध्ये चालु २८ करोड ३० लाख ४० हजार तथा पुजीगत बजेट रकम ३२ करोड ९४ लाख १८ हजार रहेको छ । 

पूर्वाधार विकासमा २२ करोड ७२ लाख, सामाजिक विकासमा २ करोड ९८ लाख, आर्थिक विकासमा ३ करोड ६५ लाख, वातावरण, खानेपानी सरसफाई तथा प्रकोप ब्यवस्थापनमा ९० लाख, संस्थागत विकास तथा सेवा प्रभाहमा २ करोड १० लाख प्रबद्र्धनात्मक कार्यक्रममा ५७ लाख बजेट विनियोजन गरिएको छ । ऐतिहासिक र पर्यटकीय क्षेत्रले भरिभराउ रहेको कपिलवस्तु गरपालिकामा पूर्वाधार तथा पर्यटकीय विकासका लागि ठोस कार्यक्रमहरु संचालन गरिने प्रमुख किरण सिंहले बताए । 

नगर क्षेत्र भित्र रहेका सडकहरुको व्यवस्थित निर्माण र संचालनका लागि सडक यातायात गुरुयोजना संजालको विस्तार गरिने जनाइएको छ । सभाको उद्घाटन गर्दे खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले कपिलवस्तु नगरपालिकाको विकासमा पर्यटनलाई मुख्य रुपमा लैजानु पर्ने बताए । बुद्धसँग जोडिएका स्थानहरुको प्रचार प्रसार तथा अन्य विकासात्माक काम गर्नुपर्ने बताए । 

कार्यक्रममा पूर्वराज्यमन्त्री तथा सांसद सुरेन्द्रराज आचार्यले जिल्लाको पुरानो नगरपालिकाका रुपमा रहेको कपिलवस्तुमा लामो समयपछि परिवर्तन आएकाले विकासले गति लिने बिश्वास ब्यक्त गरे । 

त्यस्तै कपिलवस्तु क्षेत्र नं. २ का सांसद अतहर कमालले नगरपालिकाले पूर्वाधार र पर्यटकीय स्थलको विकासलाई प्राथमिकताका साथ अघि बढाउनु पर्नेमा जोड दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बारी जोत्ने क्रममा ट्याक्टर पल्टिँदा चालकको मृत्यु कुनै पनि सदस्यलाई दलगत सहभागिताका आधारमा भेदभाव हुने छैन: डिपी अर्याल ओली र लेखकको बन्दीप्रत्यक्षीकरणको रिटमाथिको सुनुवाइ सकियो नेप्से परिसूचक सोमबार ८३.३३ अङ्कले बढ्यो सामाजिक सुरक्षा पालना गर्न श्रम मन्त्रालयको आग्रह प्रतिनिधिसभाबाट तीनवटा अध्यादेश स्वीकृत राष्ट्रियसभामा आदिवासी जनजाति आयोगको प्रतिवेदन पेस राष्ट्रिय हितमा सहकार्य अनिवार्य छ: सांसद निशा डाँगी केपी शर्मा ओली र रमेश लेखकलाई बिनासर्त रिहा गरियोस् प्रतिनिधिसभा बैठक सुरु ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू ट्रम्पको चेतावनीपछि कच्चा तेलको मुल्य बढ्यो फेवाताल जग्गा प्रकरणमा ठगिँए, ठगी विरुद्ध कानुनी प्रक्रियामा अगाडि बढ्छु : गृहमन्त्री गुरुङ सुनचाँदीको मूल्य घट्यो श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै