इमरान खान/भदौ १३, कपिलवस्तु । कपिलवस्तु नगरपालिका अधिराज्यकै पुरानो नगरपालिका कपिलवस्तु नगरपालिकाको चालु आर्थिक वर्ष २०७४/०७५ को कुल अनुमानित बजेट रकम ६१ कर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

इमरान खान/भदौ १३, कपिलवस्तु । कपिलवस्तु नगरपालिका अधिराज्यकै पुरानो नगरपालिका कपिलवस्तु नगरपालिकाको चालु आर्थिक वर्ष २०७४/०७५ को कुल अनुमानित बजेट रकम ६१ कर"/>

२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कपिलवस्तु नगरपालिकाको बजेट ६१ करोड २४ लाख

१३ भाद्र २०७४, मंगलवार ०८:१२


इमरान खान/भदौ १३, कपिलवस्तु । कपिलवस्तु नगरपालिका अधिराज्यकै पुरानो नगरपालिका कपिलवस्तु नगरपालिकाको चालु आर्थिक वर्ष २०७४/०७५ को कुल अनुमानित बजेट रकम ६१ करोड २४ लाख ५९ हजार प्रस्तुत गरिएको छ । 

कपिलवस्तुको तौलिहवामा नगरपालिकाको प्रथम नगर सभामा नगर प्रमुख किरण सिंहले बजेट नीति तथा कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा सो प्रस्तुत गरेका हुन । कुल बजेट रकम मध्ये चालु २८ करोड ३० लाख ४० हजार तथा पुजीगत बजेट रकम ३२ करोड ९४ लाख १८ हजार रहेको छ । 

पूर्वाधार विकासमा २२ करोड ७२ लाख, सामाजिक विकासमा २ करोड ९८ लाख, आर्थिक विकासमा ३ करोड ६५ लाख, वातावरण, खानेपानी सरसफाई तथा प्रकोप ब्यवस्थापनमा ९० लाख, संस्थागत विकास तथा सेवा प्रभाहमा २ करोड १० लाख प्रबद्र्धनात्मक कार्यक्रममा ५७ लाख बजेट विनियोजन गरिएको छ । ऐतिहासिक र पर्यटकीय क्षेत्रले भरिभराउ रहेको कपिलवस्तु गरपालिकामा पूर्वाधार तथा पर्यटकीय विकासका लागि ठोस कार्यक्रमहरु संचालन गरिने प्रमुख किरण सिंहले बताए । 

नगर क्षेत्र भित्र रहेका सडकहरुको व्यवस्थित निर्माण र संचालनका लागि सडक यातायात गुरुयोजना संजालको विस्तार गरिने जनाइएको छ । सभाको उद्घाटन गर्दे खानेपानी तथा सरसफाई राज्यमन्त्री अब्दुल रज्जाकले कपिलवस्तु नगरपालिकाको विकासमा पर्यटनलाई मुख्य रुपमा लैजानु पर्ने बताए । बुद्धसँग जोडिएका स्थानहरुको प्रचार प्रसार तथा अन्य विकासात्माक काम गर्नुपर्ने बताए । 

कार्यक्रममा पूर्वराज्यमन्त्री तथा सांसद सुरेन्द्रराज आचार्यले जिल्लाको पुरानो नगरपालिकाका रुपमा रहेको कपिलवस्तुमा लामो समयपछि परिवर्तन आएकाले विकासले गति लिने बिश्वास ब्यक्त गरे । 

त्यस्तै कपिलवस्तु क्षेत्र नं. २ का सांसद अतहर कमालले नगरपालिकाले पूर्वाधार र पर्यटकीय स्थलको विकासलाई प्राथमिकताका साथ अघि बढाउनु पर्नेमा जोड दिए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै