2026-07-28 03:18 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

आइसिआरसी : गाजाको स्वास्थ्य सेवा प्रणाली पूर्ण पतनको सङ्घारमा

काठमाडौँ । रेड क्रसको अन्तर्राष्ट्रिय समिति (आइसिआरसी) ले डेढ वर्षभन्दा बढी समयदेखि प्यालेस्टिनीहरू विरुद्ध इजरायली कब्जाले गरेको नरसंहारको एक हिस्साका रूपमा गाजाको स्वास्थ्य सेवा प्रणाली पूर्ण पतनको सङ्घारमा रहेको चेतावनी दिएको छ ।
एक विज्ञप्ति जारी गर्दै आइसिआरसीले अधिकांश घाइते प्यालेस्टिनीहरू सहायता वितरण केन्द्रमा पुग्ने प्रयास गरिरहेको बताएको छ ।
आइसिआरसीले विगत केही दिनदेखि गाजामा सीमित स्रोत साधनका बीच सञ्चालन भइरहेको केही अस्पताल वरपर आक्रमण बढेकाले स्वास्थ्य सेवा सुविधाहरूको संरक्षणका लागि थप ज्यान गुमाउन बाट जोगिन आह्वान गरेको छ ।
यसले चिकित्सक तथा स्वास्थ्य कर्मचारीहरूले जीवन बचाउन ठूलो चुनौतीको सामना गर्नुपरेको उल्लेख गर्दै उनीहरूको सुरक्षा र अस्पतालको सञ्चालन खतरामा पारेको कुरामा जोड दिएको छ ।
ठूलो सङ्ख्यामा घाइते बिरामीहरूको आगमनले मेडिकल स्टाफलाई थकित पारेको समितिले पुष्टि गरेको छ ।
पछिल्लो दुई हप्तामा रफाहको आइसिआरसी फिल्ड अस्पतालमा प्राप्त बिरामीहरूको सङ्ख्या नौ सय १६ भन्दा बढी छ । तीमध्ये ४१ जनालाई आइपुगेपछि मृत घोषणा गरिएको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ