Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०८२ जेठ २८ गते, राति ११:१० बजे मुख्य समाचार, विश्व, समाज

रातारात १०२ वटा युक्रेनी ड्रोन नष्ट गरेको रूसको भनाई

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

काठमाडौँ । रूसको वायु रक्षा प्रणालीले रातारात १०२ वटा युक्रेनी ड्रोनहरु रोकी नष्ट गरेको देशको रक्षा मन्त्रालयले मंगलबार टेलिग्राम मार्फत जनाएको छ ।

मन्त्रालयका अनुसार पश्चिमी र मध्य रूसका धेरै क्षेत्रहरूमा सोमबार ड्रोनहरू नष्ट गरिएको थियो ।

ब्रियान्स्क ओब्लास्टमा ४६ वटा, बेलगोरोड ओब्लास्टमा २० वटा, भोरोनेज ओब्लास्ट र क्रिमियामा नौ–नौ वटा, कालुगा ओब्लास्ट र तातारस्तानमा चार–चार वटा, मस्को ओब्लास्टमा तीन वटा लेनिनग्राद, ओरिओल र कुस्र्क ओब्लास्टमा दुइ–दुई वटा र स्मोलेन्स्क ओब्लास्टमा एउटा ड्रोनहरु खसालिएको मन्त्रालयले जनाएको छ ।
–––