पर्वत । फलेवास नगरपालिकाले एक मुठो सागमा पनि कर लगाउने निर्णय गरेको छ । स्थानीय तहको पुर्न संरचनामा गएपछि बनेको जिल्लाको दोस्रो नगरपालिकाले नागरिकलाई सेवासुविधा दिनुभन्दा पनि करको भार बृद्धि गरी नागरिकबाट कर उठाउने जुक्ति  अपनाएको छ । नगरपालिकाले  २३"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । फलेवास नगरपालिकाले एक मुठो सागमा पनि कर लगाउने निर्णय गरेको छ । स्थानीय तहको पुर्न संरचनामा गएपछि बनेको जिल्लाको दोस्रो नगरपालिकाले नागरिकलाई सेवासुविधा दिनुभन्दा पनि करको भार बृद्धि गरी नागरिकबाट कर उठाउने जुक्ति  अपनाएको छ । नगरपालिकाले  २३"/>
१ पुष २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

फलेवास नगरपालिकाको निर्णय– एक मुठो सागमा पनि कर

१४ भाद्र २०७४, बुधबार ०७:२६

पर्वत । फलेवास नगरपालिकाले एक मुठो सागमा पनि कर लगाउने निर्णय गरेको छ । स्थानीय तहको पुर्न संरचनामा गएपछि बनेको जिल्लाको दोस्रो नगरपालिकाले नागरिकलाई सेवासुविधा दिनुभन्दा पनि करको भार बृद्धि गरी नागरिकबाट कर उठाउने जुक्ति  अपनाएको छ । नगरपालिकाले  २३ प्रकारका कृषि जन्य बस्तुमा कर लगाउन निर्णय गरेको हो ।

नगर सभाले नगरपालिका भित्र पर्ने ११ वटै वडामा उत्पादन हुने कृषि सम्वन्धी उत्पादन तथा सेवाहरुमा कर लगाउने निर्णय गरेको हो । नगर भित्रका साविकका ११ वटा गाविसमा हुने विभिन्न प्रकृतिका उत्पादनलाई बाहिर निर्यात गर्दा वा नगरपालिका भित्र आयात गर्न कर लिने व्यवस्था गरिएको फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले बताए ।

ग्रामीण क्षेत्रलाई समेटेर बनाएको नगरपालिकाको आर्थिक समृद्धिका लागि २३ प्रकारका कृषिजन्य बस्तु तथा गैरकाष्ठ बन पैदावार, खोलानालामा माछा मार्ने, बस्तुभाऊ निकासी पैठारी गर्नेहरुबाट कर उठाउने निर्णय गरिएको हो । नगरपालिका भित्र उत्पादन हुने कृषि जन्य बस्तुहरुको परमाणलाई आँकलन गरी प्रत्येक कृषि जन्य उत्पादनको फरक फरक दररेट समेत कायम गरिएको छ । न्यूनतम एक रुपैयादेखि १ सय रुपैया सम्म कर संकलन गर्ने निर्णय गरेर ठेक्कापट्टाका लागि टेण्डर आव्हान गरिएको नगरप्रमुख शर्माले बताए ।

नगरपालिकाको कार्यालयका आन्तरिक खर्च व्यवस्थापन, कर्मचारीहरुको तबल भत्ता तथा नगर भित्रकै वडाहरुमा भौतिक पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य क्षेत्रलाई प्रभावकारी रुपले संचालन गर्ने उद्धेश्यले पहिलोपटक मितव्ययि रुपमा कर संकलन गर्न लागिएको हो उनले भने ।

सुन्तला तथा अमिलो जातका बस्त, तरकारी बिऊ तथा ताजा तरकारी, कफि, लप्सी, आलु, अलैची, अदुवा वेसार, मह तथा माहुरीका गोला, दुध निकासी वापत कर लगाईने भएको हो । त्यसैगरी खसरी बोका, बाख्रा भेडा, खुकुरा, गाई भैसी, राँगा, बंगुर माछा, केरा तथा अन्य फलफूलमा समेत कर ल गाइएको छ ।

कर्मचारीको तलबभत्ता व्यवस्थापन र भौतिक पूर्वधार निर्माणको लागि भन्दै सामान्य बस्तुमा समेत कर लगाएपछि नगरबासीले विरोध गर्न थालेका छन् ।

स्थानीयबासीले नगरपालिकाले सेवासुविधा दिनको लागि हो कि लुट्नको लागि भन्दै आक्रोश व्यक्त गरेका छन् । सामान्य चीजमा पनि कर लगाउनु कही नभएको जात्रा हाडी गाउमा भनेजस्तो भएको स्थानीयले गुनासो गरेका छन् ।

नगरपालिकाले तीनवटा नाका  सदरमुकाम कुश्माबसँग जोडिने फलेवास नगरपालिका वडा नं. ४ मुडिकुवामा रहेको अग्लो झोलुङ्गे पुल, दोविल्ला फलेवास सडक अन्तर्गत मल्याङ्गदी खोला पुल र स्याङ्जा र कुश्मा नगरपालिकासँग जोडिने अर्को नाका फलेवास नगरपालिका १ स्थित कार्किनेटालाई नाका तोकेर कर उठाउने तयारी भएको कार्यकारी अधिकृत मोती सापकोटाले बताए ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जनताले भ्रष्टाचार मुक्त समाज चाहेका छन्ः मन्त्री घिसिङ एनआरएनएका अधिकार कार्यान्वयनका लागि सरकार सकारात्मक छः मन्त्री इङ्नाम मुलुक निर्वाचनमा होमिइसकेको छ: मन्त्री खरेल प्रधानमन्त्री कार्कीसमक्ष पद तथा गोपनीयताको शपथ युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता हिंसा भड्काएको अभियोगमा धर्मगुरुलाई ३५ वर्ष जेल दोहोरो अङ्कले बढ्यो नेप्से परिसूचक सभापति देउवा र नेता कोइरालाबीच भेट पाँच महिनामा आठ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु काठमाडौँ र ललितपुरबाट लाखौँको धनमाल चोरी एमाले महाधिवेशन : उम्मेदवारको अन्तिम नामावली सार्वजनिक सुनको मूल्य घट्यो रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै एमालेको नयाँ नेतृत्वका लागि आज मतदान : ८० विद्युतीय उपकरण प्रयोग गरिँदै भारतीय रुपैयाँ दुई सय र पाँच सय दरका नोट २५ हजारसम्म ओसारपसार गर्न पाइने चार महिनामा करिब सात खर्ब रेमिट्यान्स भित्रियो हुलाक सेवालाई आधुनिक, व्यावसायिक र प्रतिस्पर्धी बनाइनुपर्छ : सञ्चारमन्त्री खरेल