भदौ १४, बझाङ | जिल्लामा आएका नयाँ प्रहरी नायब उपरिक्षक ऋषिराम कडेलले ..."/>
भदौ १४, बझाङ | जिल्लामा आएका नयाँ प्रहरी नायब उपरिक्षक ऋषिराम कडेलले ..."/>
भदौ १४, बझाङ | जिल्लामा आएका नयाँ प्रहरी नायब उपरिक्षक ऋषिराम कडेलले अबैध मदीरा बरामत गरी नष्ट गरेका छन् ।
बझाङ जिल्लाको सदरमुकाम चैनपुरका होटेल तथा पसलहरु बाट दैनिक रुपमा विक्री हुने गरेको अबैध मदिरा पुर्ण रुपमा बन्द गर्ने भन्दै प्रहरी प्रमुख ऋर्षी राम कडेलको नेतृत्वमा खटीएको प्रहरीको टोलीले आज सदरमुकाम चैनपुरका होटृल तथा पसलहरुमा छापा मारेको हो । बझाङमा अबैध मदिरा निकै विक्री हुने गरेको सुने पछी यस लाई बन्द गर्न अभियान नै सन्चालन गर्ने प्रहरी नायब उपरिक्षक कडेलको भनाई छ ।
जिल्ला प्रहरी कार्यलयको तथ्याङ अनुसार झण्डै ८० प्रतिशत अपराधिक गतीविधीहरु मदीराकै कारण भएको बताउदै डीएसपी कडेलले यसलाई पुर्ण रुपमा बन्द गर्ने अभियान नै जिल्ला भरी सन्चालन गर्ने बताए । अबैध मदीरा मात्र बन्द गर्न सके ५० प्रतिशत अपराधिक गतीविधी घट्ने उहाँको अनुमान छ । यस विषयमा जिल्लामा नवनिर्वाचीत प्रतिनिधीहरुले पनी आ आफ्नो वडाहरुमा अभियान सन्चालन गर्नु पर्ने जिल्लाका केही जानकार ब्यक्तीहरुको भनाई छ ।
बुधबार सदरमुकाम चैनपुरका केही पसल तथा होटेलहरुमा छापा हान्दा १६० लिटर मदीरा तयार पार्न राखेको कच्चा पदार्थ र ३० लिटर तयार पारीएको अबैध मदिरा बरामत गरेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ ।
बझाङ जिल्लाको सदरमुकाम चैनपुरमा मात्र नभई जिल्ला भरी नै अबैध मदिरा पुर्ण रुपमा बन्द गर्ने प्रहरी नायब उपरिक्षक नरेन्द्र चन्दले बताए । “यो अभियान सदरमुकाम चैनपुर बाट सुरुवात गरीएको हो अबको केही दिनमा जिल्ला भरी नै सन्चालन हुने उहाँको भनाई छ” ।
दशै तिहार तथा चाँडबाँडको समयमा मात्र अबैध मदिारका पसलहरुमा छापा हान्ने काम भए पनी अब यो अभियान नयमीत रुपमा सन्चालन गरीने प्रहरीको भनाई छ । – डीवि विष्टको सहयोगमा