2026-09-19 08:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङको ग्रामिण भेगमा गौरा पर्व धुमधामका साथ मनाउँदै

सम्राट सिंह/भदौ १५, बझाङ । गौरा पर्वको चौथो  दिन आज बझाङ जिल्लाका ग्रामिण भेगमा गौरा पर्व धुमधामका साथ मनाउँदै आइरहेका छन ।

जिल्लाको सदरमुकाम तथा आसपासका क्षेत्रहरुमा गौरा पर्वको रौनक नदेखिएतापनि ग्रामिण भेगमा भने गौरा पर्वको रौनक छाएको छ । ग्रामिण भेगका महिलाहरुले विहानै नुवाई धुवाई गरि गौरा घरमा भेला गर्ने गर्दछन । माता पार्वतीको प्रतिकका रुपमा धान,तील,जौँ लगायतका बोट विरुवाबाट गौरी माताको प्रतिमा स्थापना गरी पुजन गर्ने गरिन्छ भने कतै तामा लगायतका धातुहरुको प्रयोग गरी गौरी माताको प्रतिमा बनाइएको हुन्छ । गौरीमाताको प्रतिमालाई अष्टमीका दिन गौरी तथा महेश्वरको गाथा गाई विशेष पुजा गरीने परम्परा चलिआएकोे छ ।  

जिल्लाको बुङगल क्षेत्र, छविसपाथिभेरा गाउँपालिका र मष्टा गाउँपालिका लगायतका ठाउँमा गौरा पर्व धुमधाम मनाउने गरेका छन । गौरा पर्वमा महिलाहरुले फाग गाउने र पुरुषहरुले फागनाच नाच्ने गरेका छन । गौरापर्वमा विषेश गरी विभिन्न प्रकारका गेडागुडीहरुलाई उमारेर क्वाठी बनाई खाने गरेका छन ।

जनैपूर्णिमाका दिन पुरुषहरुले जनै फेरे झै गौरापर्वमा महिलाहरुले लगाउने दुबधागो फेर्ने गर्दछन् । अष्टमीका दिन देखि गौरी माताको पुजा आराधना गरी महिलाहरुले दुबधागो लगाउने तथा पञ्च विरुडाले आफन्तजनको शरीर पुजन गरी गौरापर्वको विसर्जन गर्ने गरिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई