2026-09-24 05:49 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैदेशिक रोजगार

वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानका लागि उच्चस्तरीय समिति गठन

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीसँग सम्बन्धित समस्या पहिचान तथा समाधानका उपाय खोजि गर्न तीन मन्त्री सम्मिलित उच्चस्तरीय समिति गठन गरेको छ।

समितिमा गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री आरजु राणा र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारी सहभागी छन्। साथै, तिनै मन्त्रालयका सचिवहरू पनि समितिमा प्रतिनिधित्व गर्दै कार्यरत छन्।

परराष्ट्रमन्त्री आरजु राणाका अनुसार समिति हालसम्म दुई–तीन पटक बैठक बसी वैदेशिक रोजगारीसँग जोडिएका विविध समस्याका पक्षमा गहन छलफल गरिसकेको छ।

शुक्रबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै मन्त्री राणाले भनिन्, ‘वैदेशिक रोजगार सम्बन्धी समस्या समाधानको उपाय प्रस्तुत गर्न समिति गठन भएको छ । गृहमन्त्री, श्रममन्त्री र परराष्ट्रमन्त्रीका साथै तीन वटै मन्त्रालयका सचिव बसेर गहनतम रुपमा छलफल गरेर के–के समस्या रहेछ भनेर हेर्ने हो’

समितिले विभिन्न समस्या विश्लेषणपछि समाधानका सुझाव श्रम मन्त्रालयलाई प्रस्तुत गर्नेछ। मन्त्री राणाले कतिपय देशमा नेपाली श्रमिकहरू अन्य देशका श्रमिकभन्दा कम तलब पाउने अवस्थालाई उदाहरण दिँदै सुधार आवश्यक रहेको बताइन्।

‘युएईमा नेपाली कामदारले पाउने अन्य मुलुकले पाउने भन्दा कम तलब रहेछ । अरुले १ हजार रियाल पाउने रहेछन् तर हाम्रो देशकाले ८ सय मात्रै पाउने रहेछ ।’ उनले भनिन्।

उनका अनुसार यस्ता तलब, सुविधा र व्यवहारगत असमानता जस्ता समस्याको समाधानका लागि समिति कार्यरत रहेको बताइन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित खबर

मुख्य समाचार
१८ वर्ष नपुगेकालाई पार्टी सदस्य नबनाउन कांग्रेसको निर्देशन मुस्ताङका पदमार्गमा जान रोक ओलीले सम्मानजनक रूपमा बिदा लिएर नयाँ नेतृत्वका लागि मार्गप्रशस्त गर्नुपर्छ : योगेश भट्टराई शेरबहादुर देउवाबाटै १५औँ महाधिवेशन उद्घाटन गराउन चाहन्छौँ : प्रदीप पौडेल शुक्रबारदेखि देशभर भारी वर्षाको जोखिम, सतर्कता अपनाउन प्रधानमन्त्री शाहको आग्रह नप्से परिसूचकमा भारी गिरावट अण्डाको मूल्य बढ्यो भुक्तानी तथा फर्स्यौट (पहिलो संशोधन) विधेयक विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत नागरिक लगानी कोषमा सरकारको स्वामित्व र नियन्त्रण आवश्यक : अर्थमन्त्री वाग्ले असोज १६ गतेभित्र दर्ता विधेयक समितिमा पठाउने तयारी बिहीबारदेखि टाढा र रातिको यात्रा नगर्न यातायात व्यवसायीको आग्रह नेपालका विपद्ले जलवायु परिवर्तनको असर देखाए : महासचिव गुटेरेस हामीले हार मानेका छैनौँ, अन्तिम सम्भावनासम्म उद्धार जारी राख्छौँ : ऊर्जामन्त्री श्रेष्ठ जानकी मन्दिरलाई संरक्षित स्मारक क्षेत्र घोषणा भएकोमा सांसद झाको स्वागत नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यको रिटमा सर्वोच्चमा सुनुवाइ सुरु राष्ट्रसंघको महासभाबाटै इरानलाई पूर्ण रूपमा ध्वस्त पार्ने ट्रम्पको चेतावनी राष्ट्रपति पौडेलसँग कार्यवाहक प्रधानमन्त्री वाग्लेको शिष्टाचार भेट सुनचाँदीको मूल्य बढ्यो प्रतिनिधिसभा बैठक बस्दै एमाले केन्द्रीय कमिटी बैठकको तेस्रो दिन: ओलीको राजनीतिक प्रतिवेदनमाथि छलफल जारी