काठमाडौँ । सिरहा सदरमुकामस्थित मालपोत कार्यालयका कर्मचारी राजकुमार रायको कोठाबाट सरकारी कागजातको ठेली बरामद गरिएको छ।
सिरहा नगरपालिका–७ मा भाडामा बस्दै आएका रायलाई विहीबार एक महिलासँग आपत्तिजनक अवस्थामा पक्राउ गरिएको थियो। ती महिलाले रायसँग शारीरिक सम्बन्ध राख्दै आएको र मानसिक यातना दिएको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन्।
उक्त उजुरीका आधारमा प्रहरीले आज राय बस्दै आएको कोठामा छापा मारेर खानतलासी गर्दा मालपोत कार्यालयका कागजातहरू फेला पारेको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासमानका अनुसार, बरामद कागजातहरूमाथि आवश्यक अनुसन्धान सुरु गरिएको छ।