2026-09-26 06:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

भारत र चीनले प्रत्यक्ष उडान पुनः सुरु गर्न ‘तीव्रता’ ल्याउने

भारतले शुक्रबार छिमेकी चीनसँग तिनीहरूबीच प्रत्यक्ष उडान पुनः सुरु गर्ने प्रक्रियालाई ‘तीव्रता’ दिन सहमत भएको बताएको छ । यो सम्बन्धमा थप सुधारको सङ्केत हो, यद्यपि कुनै समयसीमा दिइएको छैन ।
कोभिड–१९ महामारी र त्यसपछि सन् २०२० मा हिमालय सीमामा तिनीहरूका सैनिकहरूबीच भएको घातक झडपपछि उडानहरू बन्द भएका थिए ।
“दुवै पक्षले प्रत्यक्ष हवाई सेवा पुनः सुरु गर्नमा संलग्न कदमहरूलाई तीव्रता दिन सहमति गरे”, नयाँदिल्लीको विदेश  मन्त्रालयले एक विज्ञप्तिमा भन्यो ।
यो देशका शीर्ष करियर कूटनीतिज्ञ विक्रम मिश्रीले भारतमा चिनियाँ उपविदेशमन्त्री सुन वेइडोङसँग भेटेको एक दिनपछि आएको हो ।
बेइजिङमा विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले चीनको पाँच वर्षपछि उडान पुनः सुरु गर्नेतर्फ ‘सकारात्मक दृष्टिकोण’ रहेको बताउनुभयो ।
“चीन र भारतबीच प्रत्यक्ष उडान पुनः सुरु गर्नु दुवै पक्षबीच व्यक्तिगत आदानप्रदान र सहयोगका लागि सहायक छ र दुवै पक्षको साझा हितमा छ”, लिनले बेइजिङमा नियमित पत्रकार सम्मेलनमा भन्नुभयो ।
नयाँदिल्ली र बेइजिङले पहिलो पटक जनवरीमा उडान पुनः सुरु गर्ने सैद्धान्तिक सहमति घोषणा गरेका थिए ।
‘छिमेकीहरूले भिसा सुविधा र मिडिया र थिङ्क ट्याङ्कहरूबीच आदानप्रदानका लागि व्यावहारिक कदमहरू’ लिन पनि सहमति गरेको मन्त्रालयको विज्ञप्तिले उल्लेख छ ।
भारतीय मिडिया आउटलेट मनीकन्ट्रोलका अनुसार महामारीअघि चीन र भारतबीच लगभग पाँच सय मासिक प्रत्यक्ष उडानहरू सञ्चालन हुन्थे ।
भारत र हङकङबीच पहिले नै नियमित उडानहरू छन् ।
भारत र चीन दक्षिण एसियाभरि प्रभावका लागि प्रतिस्पर्धा गर्ने तीव्र प्रतिद्वन्द्वी हुन् ।
सन् २०२० मा दुवै मुलुकको तीन हजार पाँच सय किलोमिटर उचाइको सीमाको दुर्गम भागमा भएको झडपमा कम्तीमा २० भारतीय र चार चिनियाँ सैनिक मारिएका थिए ।
त्यसपछि भारत संयुक्त राज्य अमेरिकाको नेतृत्वमा रहेको क्वाड गठबन्धनको नजिक पुग्यो । क्वाडमा जापान र अस्ट्रेलिया पनि समावेश छन् । क्वाडले एसिया–प्रशान्त क्षेत्रमा चीनको बढ्दो प्रभावलाई प्रतिरोध गर्न खोज्छ ।
नयाँदिल्लीले चिनियाँ कम्पनीहरूलाई महत्त्वपूर्ण आर्थिक क्षेत्रमा लगानी गर्नबाट रोकेको भने टिकटकसहित सयौँ चिनियाँ गेमिङ र इ–कमर्स एपहरूमा प्रतिबन्ध लगाएको छ ।
पारस्परिक अविश्वास बाँकी छ ।
तर भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीचको दुर्लभ औपचारिक बैठक हुनुभन्दा केही समयअघि अक्टोबरमा विवादित सीमामा एक प्रमुख फ्ल्यासपोइन्टमा तैनाथ सैनिकहरू फिर्ता लिन उहाँहरू सहमत हुनुभयो ।
यस महिनाको अन्त्यमा चीनले भारतीय तीर्थयात्रीहरूलाई हिन्दू र बौद्धहरूका लागि पवित्र स्थल तिब्बतको कैलाश पर्वतमा पदयात्रा गर्न अनुमति दिने अपेक्षा गरिएको छ ।
सन् २०२० मा बन्द भएदेखि भारतीयहरूलाई कैलाश मानसरोवर यात्रामा भाग लिन अनुमति दिइएको छैन ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह