पर्वतमा यतिखेर नागरिक वेपत्ताका घटनाहरु दिनानुदिन सुन्नमा आइरहेका छन् । गतवर्षभन्दा यस वर्ष वेपत्ता हुने नागरिकको संख्या बढ्दो छ । 

शान्तिसुरक्षाका दृष्टिबाट पर्वतलाई सामान्य ज"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वतमा यतिखेर नागरिक वेपत्ताका घटनाहरु दिनानुदिन सुन्नमा आइरहेका छन् । गतवर्षभन्दा यस वर्ष वेपत्ता हुने नागरिकको संख्या बढ्दो छ । 

शान्तिसुरक्षाका दृष्टिबाट पर्वतलाई सामान्य ज"/>

२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पर्वतमा वेपत्ता हुनेको संख्या बढ्दो, प्रहरी अनुसन्धान असफल

२०७४, १६ भाद्र शुक्रबार ०२:२६

पर्वतमा यतिखेर नागरिक वेपत्ताका घटनाहरु दिनानुदिन सुन्नमा आइरहेका छन् । गतवर्षभन्दा यस वर्ष वेपत्ता हुने नागरिकको संख्या बढ्दो छ । 

शान्तिसुरक्षाका दृष्टिबाट पर्वतलाई सामान्य जिल्लाको रुपमा लिने गरिन्छ । सामान्य अपराधका घटनाहरु घटेका उदाहरण भएपनि जघन्य र संगठित प्रकारका अपराधिक घटनाहरु भने नगन्य भएको जिल्ला प्रहरी कार्यालयको तथ्यांकले देखाउँछ । जिल्लामा पछिल्ला केही वर्ष यता महिला र बालबालिकाको  बढ्दो वेपत्ता हुने दर चिन्ताजनक छ । 

जिल्ला प्रहरी कार्यालय पर्वतको तथ्यांक अनुसार २०७३ साउनदेखि गत असारसम्म वेपत्ता हुने महिला तथा बालबालिकाको संख्या ११५ जना रहेको छ । यसमध्ये सवैभन्दा बढी महिलाहरु ७८ जना रहेका छन् । वेपत्ता पुरुषको संख्या भने केही कम छ । पर्वत कुश्मानगरपालिका १ पाङ घर भई कुनपा १२ स्थित आइवल एकेडेमी बोर्डिङ स्कुलमा पढाउदै आएका शिक्षक नारायण पौडेल वेपत्ता भएको करीव १५ दिनपछि भेटिए तर उनी कालीगण्डकी नदी किनारामा मृत फेला परे । उनी गत जेष्ठ २४ गते कोठाबाट नै वेपत्ता भएका थिए ।

 उनको हत्यामा संलग्न भएको आरोपमा स्कुलका प्रिन्सिपल सहित पाँच जनाका विरुद्ध प्रहरीले कर्तव्य ज्यान सम्वन्धी मुद्धा अदालतमा दर्ता गरेको छ । हाल उनीहरु अदालतको आदेशमा धरौटीमा रिहा भईसकेका छन् । शिक्षक पौडेलको वेपत्ता र हत्याप्रकरण रहस्यमय बनेको छ । वेपत्ता भएका नागरिकमध्ये थोरै संख्या मात्र फेला पर्ने गरेका छन् । वेपत्ता ७८ जना मध्ये १८ जना आफन्तद्धारा फेला भएको पाइन्छ भने प्रहरीद्धारा १० जना महिला फेला परेका छन् । 

महिलाहरु वेपत्ता हुनुको खास कारणमा आर्थिक गरिवी, वैदेशिक रोजगार, बालविवाह लगायत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लिलाराज लामिछाने बताउँछन् । वैदेशिक रोजगारीले मुलुकमा रेमिटान्स भित्रिएको कुरा राम्रो पक्ष हो तर यससँगै यसले सामाजिक विचलन र विकृति समेत निम्त्याउदै छ । श्रीमान् परदेश गएका बेला यता युवाअवस्थाकी श्रीमती परपुरुषसँग मायाप्रिती राखेर भाग्ने गरेका उदाहरण थुपै्र छन् । कतिपय महिलाले विदेशबाट श्रीमान्ले पठाएको धनसम्पत्ति समेत कुम्ल्याएर भाग्दा परिवार नै भताभुङग भएको अवस्था पनि छ । परिवारमा आर्थिक जिम्मेवारी लिएर घरायसी कारोवार गर्दै आएका महिलाहरु घर नै छाडेर वेपत्ता भएको समेत पाइन्छ । कुश्मा न.पा.६ की लक्ष्मी गिरी यही भदौ २ गते घरायसी आर्थिक कारोवारलाई कारण जनाउदै घरबाट वेपत्ता भएकी छन् । उनी कहाँ गइन् ? भन्ने कुरा दुई हप्ता वितिसक्दा समेत कुनै पत्तो लाग्न सकेको छैन । उनले वेपत्ता पुर्व आर्थिक कारोवारबारे केही पेज लेखेर छाडेकी छन् ।आजको सहारान्यूज दैनिकमा खबर छ ।

 आर्थिक कारोवार मिलेमा आफू आउन सक्ने भन्ने कुरा समेत कागजमा लेखेको पाइएको छ । वेपत्ता गिरीका परिवारले प्रहरीमा खोजी गरिदिनुहुन भनी निवेदन दिएका छन् । प्रहरीले खोजी कार्यलाई अगाडि बढाएको जनाएको छ । परिवार स्रोतका अनुसार वेपत्ता गिरीसँग श्रेष्ठ थरकी स्थानीय एक महिलाले पटक पटक गरी ठुलो रकम लिएकी थिइन् । सापटी दिएको लाखौ रकम फिर्ता नपाउदा वेपत्ता भएकी लक्ष्मी गिरी तनावमा थिइन् । तनाव झेल्न नसकेपछि उनी वेपत्ता भएको हुनसक्ने बताइएको छ । घर छाड्नुको कारणमा गिरीले लेखेको पत्रमा श्रेष्ठ थरकी महिलालाई नै दोष दिइएको पाइएको छ । 

यसैगरी वेपत्ता हुनेमा पर्वतको फलेवास नगरपालिका मुडिकुवा घर भई जिल्ला कृषि विकास वैंकमा कार्यरत कर्मचारी दिपेन्द्र गौडेल हुन् । गौडेल एकाएक रातको समयमा घर छाडेर हिडेकोमा केही दिन पछि मृत फेला परेका थिए । प्रहरीका अनुसार उनले आत्महत्या गरेका थिए । 

पर्वतमा वेपत्ता नागरिकको संख्या वृद्धि हुनु चिन्ताको विषय बनेको छ । वेपत्ताका कारणहरुमा घरायसी मनमुटाव, झगडा समेत रहेका छन् । वेपत्ताको कारण पहिल्याई समाजमा शान्ति, सुरक्षा, मैत्रीभाव, सद्भाव स्थापना गर्न सामाजिक अन्तरक्रियात्मक कार्यक्रमहरु अगाडि बढाउनुपर्ने देखिन्छ ।  


 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली