११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

बाढीले बगाएको गैँडालाई भारतबाट उद्धार गरी निकुञ्जमा छाडियो

१६ भाद्र २०७४, शुक्रबार ०६:४७

 भदौ १६, चितवन। चितवन राष्ट्रिय निकुञ्जबाट बाढीले बगाएर भारत पुर्याएको एउटा दुर्लभ एकसिङ्गे गैँडालाई उद्धारपछि निकुञ्जमा ल्याएर छाडिएको छ । 

दुई दिनको अथक प्रयासपछि उद्धार गरिएको गर्भिणी गैँडालाई बिहीबार राति ८ बजे चितवनको रत्ननगरस्थित जनकौली मध्यवर्ती सामुदायिक वनबाट निकुञ्जमा छाडिएको सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिनुभयो । 

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल तथा वरिष्ठ पशु चिकित्सक डा कमल गैरे नेतृत्वको टोलीले नेपाल–भारत सीमा क्षेत्रको दक्षिणपूर्व करिब १६ किलोमिटर टाढा भेडियारी भन्ने स्थानबाट बिहीबार दिउँसो गैँडाको उद्धार गरेर पठाएको थियो । 

भारतमा गैँडा रहेको सूचना पाएपछि निकुञ्जको प्राविधिक सहितको टोली यही भदौ १३ गते उद्धारका लागि दोस्रो पटक भारत गएको थियो । दुई दिनको प्रयासमा करिब १५ वर्षको गर्भिणी गैँडाको उद्धार भएको हो । 

यसअघि पनि निकुञ्जले भारतबाट पाँच र नेपाल–भारत सीमा क्षेत्रबाट एउटा गरी ६ वटा गैँडाको उद्धार गरिसकेको छ । अहिलेसम्म बाढीबाट बगाएका सात गैँडाको उद्धार भएको चितवन निकुञ्जले जनाएको छ । छ वटाको उद्धार गरी फर्किएको टोली पुनः गैँडा रहेको थाहा पाएपछि उद्धारका लागि भदौ १३ गते पुनः भारत गएको थियो । 

अझै एउटा गैँडा रहेकाले प्राविधिक सहितको टोली गैँडाको खोजीमा भारतमै रहेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । उद्धारमा चितवन निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष तथा भारतको वाल्मीकि टाइगर रिजर्भका अधिकारीहरु संलग्न छन् । रासस (फाइल फोटो)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह