१ मंसिर २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दोलखा - DLKH

जिरीका भूकम्पपीडीतले तेस्रो किस्ता पाएनन्

१६ भाद्र २०७४, शुक्रबार १०:०७

दीपशंकर चौलागाइँ। भदौ १६, दोलखा । भूकम्प गएको दुई वर्षभन्दा बढी बितिसक्दा पनि सरकारी अनुदान लिएर एउटा पनि भूकम्पपीडितले जिरीमा स्थायी आवास निर्माण गर्न पाएका छैनन् । 

जिरी नगरपालिकामा पुनःनिर्माणको गति अत्यन्तै सुस्त देखिएको छ । दुई वर्ष तीन महिनाको अवधिमा एउटा पनि स्थायी आवास पुनःनिर्माण नहुँदा २०७५ असार मसान्तभित्र पुनःनिर्माणको काम सक्ने सरकारी योजना समेत अलपत्र पर्ने निश्चित देखिन्छ । 

अनुदान लिन ऋण लिए जस्तो प्रक्रिया पूरा गर्नुपर्ने, प्रक्रिया पूरा गर्नका लागि प्राविधिक बाधक बनेको जिरी नगरपालिकाका प्रमुख टंक जिरेलको दाबी छ । जिरेल भन्नुहुन्छ, “कहिले लम्बाइचौडाइ नमिलेको भनेर अड्काउने, कहिले भनेजस्तो भूकम्पीय सुरक्षा नअपनाएको भन्ने, कहिले ठूलो घर बन्यो भनेर सिफारिस नदिनेजस्ता कारणले गति लिन नसकेको हो ।” पटकपटकका जनप्रतिनिधिको दबाबका कारण अहिले वडा÷वडाबाट पुनःनिर्माण अघि बढेको प्रमुख जिरेलले बताउनुभयो । 

भूकम्पपीडित लाभग्राहीले भने स्थायी आवास पुनःनिर्माण पूरा गरेर तेस्रो किस्ता माग गरे पनि पाउन नसकेको जिरी नगरपालिका–३ का भक्त केसीले गुनासो गर्नुभयो । केसीजस्ता सयाँै भूकम्पपीडितको यस्तै गुनासो रहेको छ । खासगरी प्राविधिक गाउँघरमा नभेटिने र भेटिए पनि मूल्यांकनमा ढिलासुस्ती हुने गरेका कारण सरकारी अनुदान लिन कठिन भएर पुनःनिर्माण कार्य प्रभावित भएको पीडित जनप्रतिनिधिसमेतले गुनासो गरेका छन् । 

यता भूकम्पीय आवास पुनःनिर्माण आयोजना जिल्ला आयोजना कार्यान्वयन इकाई दोलखाका प्रमुख एकराज अधिकारी भन्नुभयो–“केन्द्रले खटाएका प्राविधिकलाई जिल्लाका नौवटै स्थानीय निकायमा बाँडेको छाँै , फिल्डमा रहेका कर्मचारीको व्यवस्थापन गरी गाउँमा काम लगाउने जिम्मेवारी स्थानीय जनप्रतिनिधिलाई दिएकाले पत्राचार समेत गरिसकेको छ ।” 

काम प्राविधिकले गरेनन् भन्ने, अनि तलब खान हाजिर प्रमाणित गरेर पठाउने जनप्रतिनिधिको गतिविधि आफैँमा पनि विरोधाभासपूर्ण रहेको प्रमुख अधिकारीले बताउनुभयो । तीन हजारभन्दा बढी भूकम्पपीडितले पहिलो किस्ता लगिसकेकामा करिब तीन सयले मात्रै दोस्रो किस्ताको रकम लगेको जिल्ला आयोजना कार्यान्वयन इकाइ दोलखाले जनाएको छ । 

भूकम्पीय आवास पुनःनिर्माण आयोजना जिल्ला आयोजना कार्यान्वयन इकाइ दोलखाकाअनुसार साविकको श्यामा गाविसमा ५७१ र जिरीमा तीन हजार ६१० गरी नगरपालिकाभित्र कूल चार हजार १८१ परिवार लाभग्राही सूचीमा सूचीकृत भएकामा हालसम्म एकजना पीडितले पनि तेस्रो किस्ताको रकम लिएका छैनन् । जिरी नगरपालिकाका कूल चार हजार १८१ भूकम्पपीडित लाभग्राही सूचीमा समावेश भएकामा चार हजार १५५ परिवारसँग अनुदान सम्झौता भइसकेको छ । 

सम्झौता भएकामध्ये तीन हजार ७८९ ले सरकारबाट र ३० परिवारले गैरसरकारी संस्थाबाट गरी कूल तीन हजार ८१९ परिवारले पहिलो किस्ताको रकम बुझिसकेको नगरपालिकाले जनाएको छ । 

त्यसैगरी ३६१ जनाले सरकारी र २१ जनाले गैरसरकारी संस्था गरी हालसम्म ३८२ परिवारले मात्रै दोस्रो किस्ताको अनुदान रकम बुझेका छन् । जिरी नगरपालिकाअन्तर्गत साविक श्यामा गाविसका कूल ५७१ लाभग्राहीमध्ये ५६० जनासँग अनुदान सम्झौता भएकामा ५४९ जनाले पहिलो किस्ताबराबरको रु दुई करोड ७४ लाख ५० हजार र ८४ जनाले दोस्रो किस्ताबापतको रु एक करोड २६ लाख गरी कूल रु चार करोड ५० हजार रकम लिएका छन् । 

साविक जिरी नगरपालिकाका कूल तीन हजार ६१० भूकम्पपीडित लाभग्राहीमध्ये तीन हजार ५९५ जनासँग अनुदान सम्झौता भएकोमा तीन हजार २७० जनाले पहिलो किस्ताबापतको रु १६ करोड ३५ लाख र २९८ जनाले दोस्रो किस्ताबापतको रु चार करोड ४७ लाख गरी कूल रु २० करोड ८२ लाख रकम बुझेका छन् । 

जसमध्ये पहिलो किस्ता लिने ३० जना र दोस्रो किस्ता लिने २१ जनाले गैरसरकारी संस्थामार्फत अनुदान रकम लिएका हुन् । पीडितले भने सरकारी अनुदान प्रक्रिया निकै झन्झटिलो भएका कारण सरकारी अनुदान लिन नसकेको गुनासो गरेका छन् । 

पर्यटकीय नगरी जिरीमा भएको पुनःनिर्माणको सुस्तताले पर्यटन प्रवद्र्धनमा समेत असर गरेको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विश्वप्रकाश भन्छन् : खेलकुदको जस्तो नियममा बसे राजनीति सुध्रिन्छ बुद्ध धर्मलाई राजनीतिक हिसाबले दुरुपयोग गरियो : प्रधानमन्त्री ‘डोरी’ मा अभिनेत्री अञ्जना बराइली अनुबन्ध, मङ्सिर दोस्रो साता फ्लोरमा जाने कांग्रेस र एमालेको उद्देश्य भ्रष्टाचारीहरुलाई रक्षा गर्ने हो : प्रचण्ड सरकारले मनपरी रुपमा कर लिएको भन्दै प्रदर्शन नीजि क्षेत्रसँग मिलेर काम नगरे अर्थतन्त्रमा सुधार आउँदैन : मन्त्री सिंह ट्याक्टर दुर्घटना हुँदा भक्तपुरमा एक जनाको मृत्यु मंसिर २७ देखि उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी सम्बन्धी सम्मेलन मायादेवी मन्दिरबाट लुम्बिनी लायन्सको जर्सी सार्वजनिक सबैभन्दा बढी कर तिर्ने उत्कृष्ट करदाता को को ? रबिनको ‘तिमी हिँड्ने बाटो’ मा बिना राउत जलवायु वित्तको भुक्तानी माग गर्दै काठमाडौंमा प्रदर्शन ‘कर प्रशासन र कर्मचारी जवाफदेही हिसावले राजश्व संकलन गर्नुपर्छ’ डिजेल र मट्टितेलको भाउ बढ्यो पूर्णबहादुरको सारङ्गी’ ले १५औँ दिनसम्म आइपुग्दा गर्यो करिब ३० करोड ग्रसकलेक्सन टी–२० क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई १३५ रनले हरायो कति छ आज तरकारी र फलफूलको मूल्य ? रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा पोर्चुगल नेसन्स लिगको क्वाटरफाइनलमा पनौतीको त्रिवेणी घाटमा रहेको ब्रमायणी मन्दिर र इन्द्रेश्वर महादेव मन्दिर (फोटो फिचर) मिसन– २०२६ अन्तर्गत खेलाडीको विशेष प्रशिक्षण आजदेखि