नन्द बहादुर रोकाया/भदौ १६, मुगु । दुई महिना देखि अबरुद्ध भएको नेपाल टेलिकमको सोरु कोटमा रहेको टावर सञ्चालनमा कसैको ध्यान नजादाँ स्थानीय मर्कामा परेका छन ।
सदरमुकाम गमगढिबाट २५ कोष टाढा रहेको मुगु जिल्लाको उत्तरी क्षेत्र सोरु गाउँपालीका को सोरु कोट तथा साविकाको भिई गा बि समा रहेको भिई टावर सञ्चालनको लागी दुई महिना वित्ति सक्दा पनी कसैको ध्यान गहेको छैन । जिसिएम मोवाईल टावर दुई महिना देखि अबरुद्ध भएपछि सोरु गाउँपालीका ७ गाबिसका सर्वसाधारण संचारसेवा बाट बञ्चित भएका छन ।
सोरु गाउँपालीकाका साविकका रारा, कालै, धैनकोट, जिमा, नार्थपू, फोतु गाबिसका सर्वसाधारण संचार सेवाबाट बञ्चित भएका हाम्र सोरुगाउँपाल सम्वाददाता पदम बहादुर शाहीले बताउनुभयो ।
बिकट गाउँमा रहेका उत्त टावरमा बर्षेनी बेलाबेलामा समस्या आउने गर्दछन । तर तत्काल सुचारुमा कसैको ध्यान जादैन । मोवाईल टावर अबरुद्ध भएपछि १ कल फोन गर्न सर्वसाधारण १,२ दिनको पैदल लगाएर गमगढि पुगेर फर्किनु परेको र एक दुईघण्टा हिनेर हुम्लाको मेलछाममा रहेको टावरको सेवा लिने गरेको सर्वसाधारण को भनाई रहेको छ ।