2026-09-19 08:12 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा भाइरल ज्वरोको प्रकोप बढ्दो

भदौ १६, डडेल्धुरा। भाइरल ज्वरोका कारण डडेल्धुराका विभिन्न गाउँपालिका प्रभावित भएका छन् । 

बिशेषगरी जिल्लाको भागेश्वर, अजयमेरु, गन्यापधुरा, नवदुर्गालगायत गाउँपालिकामा भाइरल ज्वरोको प्रकोप बढेको स्थानीयवासीले जनाएका छन् । 

कामेर ज्वरो आउने, शरीर चिसो भएर जाने, नाकमा सिँगान बग्नाका साथै सुख्खा पनि हुने र हातखुट्टाका जोर्नी दुख्नेलगायतका लक्षण देखिएको स्थानीयवासी बताउँछन् । फोहर पानी तथा खानेकुराका कारण भाइरल ज्वारोको समस्या देखिएको उपक्षेत्रीय अस्पताल डडेल्धुराले जनाएको छ । 

भाइरल ज्वरोबाट बालबालिका, महिला र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । उनीहरुमा ज्वरो, टाइफाइड, झाडापखाला, टाउको दुख्नेलगायतका समस्या देखिएका छन् । दैनिक १५ देखि २० जना त्यस्ता बिरामी स्वास्थ्य चौकीमा आउने गरेको समैजी स्वास्थ्य चौकीका प्रमुख कृष्ण पालले बताउनुभयो ।

आर्थिक अवस्था कमजोर भएका कारण स्वास्थ्य उपचारका लागि स्वास्थ्य संस्थामा जानसम्म समस्या भइरहेको हुँदा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्न स्थानीयवासीले माग गरेका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई