2026-09-26 06:47 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

पाकिस्तानले इजरायलमाथि परमाणु हमला गर्दैन : विदेशमन्त्री दार

काठमाडौँ । पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक दारले सामाजिक सञ्जालमा फैलिएको एक नक्कली र गैरजिम्मेवार समाचारप्रति कडा आपत्ति जनाएका छन्। उक्त समाचारमा पाकिस्तानले इरानमाथि आक्रमण भएमा इजरायलमाथि परमाणु हमला गर्ने दाबी गरिएको थियो।

दारका अनुसार, यस्तो दाबी पूर्णतः बनावटी र असत्य हो। द एक्सप्रेस ट्रिब्युनका अनुसार, सोमबार सिनेटमा बोल्दै उनले गलत सूचनाको तीव्र भर्त्सना गरे र इरान–इजरायलबीचको बढ्दो तनावको पृष्ठभूमिमा सबै पक्षलाई संयमता अपनाउन आग्रह गरे। पाकिस्तानले त्यस्तो कुनै वक्तव्य दिएको छैन भन्नदै यो अत्यन्त गैरजिम्मेवार र झुटो दाबी गरिएको बताए।

उनले युद्ध कुनै खेल होइन भन्ने स्पष्ट सन्देश दिँदै पाकिस्तानको आणविक तथा क्षेप्यास्त्र कार्यक्रम केवल आत्मरक्षाका लागि रहेको कुरा दोहोर्‍याए। “हाम्रो आणविक कार्यक्रमको उद्देश्य आत्मरक्षा हो,” दारले सांसदहरूलाई सम्बोधन गर्दै भने, “सन् १९९८ मा परीक्षण गर्दा पनि हामीले यही कुरा स्पष्ट पारेका थियौं। एनपीटीमा हामीले हस्ताक्षर गरेका छैनौँ, किनकि राष्ट्रिय सुरक्षाको लागि भरपर्दो प्रतिरोध आवश्यक छ।”

दारले सामाजिक सञ्जालमा एआई प्रविधिमार्फत बनाइएको भिडियो र भ्रामक सामग्रीको प्रसारप्रति पनि चिन्ता व्यक्त गरे। उनले एक भिडियो क्लिपको उल्लेख गर्दै भने, “एक भिडियो क्लिप थियो जसमा पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम जोडिएको थियो, जुन पछि एआई–जेनेरेटेड भएको प्रमाणित भयो। त्यस्तै नेतान्याहूको जुन अन्तर्वार्ता देखाइएको छ, त्यो सन् २०११ को हो। यी सब गम्भीर विषय हुन्, केटाकेटीको खेल होइन।”

दारले पाकिस्तानले क्षेत्रीय स्थायित्वका लागि रचनात्मक कूटनीतिक भूमिका निर्वाह गरिरहेको पनि स्पष्ट पारे। “हामी संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा सहभागी भयौं, जहाँ इरानले पनि हाम्रो भूमिका प्रशंसायोग्य गरेको बताए।

उनका अनुसार, , यदि इजरायलले थप आक्रमण नगरेमा इरानी विदेशमन्त्रीसँग नियमित सम्पर्कमा रहँदा इरानले वार्ताका लागि इच्छाशक्ति देखाएको छ। “पहिलो आक्रमणपछि मैले इरानी विदेशमन्त्रीसँग कुरा गरेँ। उहाँले जवाफी कारबाहीबारे बताउनुभयो तर यदि इजरायलले अर्को आक्रमण नगरे वार्ताको ढोका खुला रहने संकेत गर्नुभयो,” दारले बताए।

उनका अनुसार, यो सन्देश पाकिस्तानले अन्य देशहरूलाई पनि जानकारी गराएको छ। “इजरायललाई अझै रोक्न सकिने सम्भावना छ—इरान वार्ताका लागि तयार छ,” दारले स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह