2026-09-26 06:43 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

जी–सेभेन बैठकको सक्यो, तेहरान खाली गर्नुपर्ने, अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

काठमाडौँ । क्यानडाको कानानास्किसमा सम्पन्न जी–सेभेन (जी ७) शिखर बैठकले मध्यपूर्वमा शान्ति र स्थिरता कायम राख्न साझा प्रतिबद्धता व्यक्त गर्दै इजरायलको पक्षमा स्पष्ट समर्थन जनाएको छ। बैठकले इरानमाथि क्षेत्रीय अस्थिरता र आतंकको मूल स्रोत भएको आरोप लगाएको छ।

मुलुकहरूबीच इरान–इजरायल द्वन्द्वको सन्दर्भमा विशेष छलफल गरिएको बैठकमा इजरायललाई आत्मरक्षा गर्ने पूर्ण अधिकार रहेको औपचारिक रुपमा उल्लेख गरिएको छ।

जी–सेभेन सदस्य राष्ट्रहरूले,” हामीले लगातार भनिरहेका छौं कि इरानले परमाणु हतियार राख्न पाउनुहुँदैन।” साथै, इरान–इजरायल संघर्षले अन्तर्राष्ट्रिय ऊर्जा आपूर्ति तथा आर्थिक स्थायित्वमा पार्न सक्ने असरबारे चासो व्यक्त गर्दै जी–सेभेन सदस्य राष्ट्रहरूले सहकार्यका माध्यमबाट बजारमा स्थिरता कायम राख्ने प्रतिवद्धता जनाएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बैठक नसकिँदै अमेरिका फर्किएका थिए। उनी आफूले लामो समयदेखि इरानको परमाणु हतियारबारे चेतावनी दिँदै आएको बताएका छन्।

ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, “मैले जुन सम्झौतामा हस्ताक्षर गर्न भनेको थिएँ, त्यसमा इरानले हस्ताक्षर गर्नुपथ्र्यो। तर अहिले मानव जीवनको बर्बादी हुनु लज्जास्पद छ। सिधा शब्दमा भन्नुपर्दा– इरानसँग परमाणु हतियार हुनु हुँदैन। मैले यो पटक–पटक भनेको छु।”

साथै उनले तेहरान ‘तत्काल खाली गर्नुपर्ने’ अभिव्यक्ति दिँदै यो विषय अब ढिला गर्न नहुने चेतावनी पनि दिएका छन्।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह