१८ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनोरञ्जन

प्रभासको ‘द राजा साब’को फिल्मको चर्चा,४० मिनेटको क्याइमेक्समा लाग्यो ३०० दिन

४ असार २०८२, बुधबार १३:२८

काठमाडौं । दक्षिण भारतीय अभिनेता प्रभास यतिबेला फिल्म ‘द राजा साब’ का कारण थप चर्चामा छन्। ‘बाहुबली’, ‘बाहुबली २’ लगायतका फिल्मबाट फिल्म जगतमा इतिहास रचेका प्रभास ‘द राजा साब’ मा पूर्णतया फरक अवतारमा देखिनेछन्। यो फिल्मको टिजर सोमबार मात्रै सार्वजनिक गरिएको थियो, जसमा उनी फरक अवतारमा छन्।

डिसेम्बरमा विश्वव्यापी प्रदर्शनमा आउने यो फिल्मको रिलिज तालिका पहिले अप्रिलमा थियो। तर, भव्य क्लाइमेक्स दृश्य छायांकन र भिजुअल इफेक्ट (भिएफएक्स) को भारी प्रयोगको कारणले रिलिज पछि सरेको निर्माणपक्षले जनाएको छ।

हरर कमेडी विधाको ‘द राजा साब’ मा मारूतिको लेखन तथा निर्देशन छ भने यसलाई टीजी विश्व प्रसादले निर्माण गरिरहेका छन्। भारतीय संचारमाध्यम नवभारत टाइम्सका अनुसार यो फिल्मको छायांकन १ सय २० दिन भएको थियो।

छायांकनबारे निर्माताले भनेका छन्, ‘मलाई थाहा छैन मारूतिले कसरी तालिका व्यवस्थापन गर्‍यो। उनी बिहान ६ बजे सुटिङ सुरू गर्थे र राति १० वा ११ बजेसम्म सुटिङ गर्थे। र यो १२० दिन (लगभग ४ महिना) सम्म चल्यो।’

फिल्ममा ४० मिनेटको क्याइमेक्स दृश्य रहेको र क्लाइमेक्स दृश्यको भिएफएक्सका लागि मात्रै ३ सय दिन लागेको निर्माताले बताएका छन्।

‘द राजा साब’ मा प्रभाससहित मालविका मोहनन, निधि अग्रवाल, रिद्धि कुमार, सञ्जय दत्त लगायतको अभिनय छ। यसलाई यस वर्षको तेलुगु भाषाको सबैभन्दा प्रतीक्षित फिल्महरूमध्ये एक मानिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हामी देश बनाउने शक्ति हौँ, अरू देश जलाउने पार्टी हुन्: केपी ओली भयरहित वातावरणमा मतदानको सुनिश्चितता होस् : उपराष्ट्रपति यादव सातै प्रदेशका नमुना मतपत्र सार्वजनिक कंगोमा खानी भत्किँदा कम्तीमा २०० जनाको मृत्यु नेपाली बजारमा ग्यास अभाव स्थानीय निर्वाचन अघि महाधिवेशन गर्ने हो : गगन थापा बालेनको घरको गेटमा तोडफोड बालेन शाह सुर्खेत पुगे सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन्ः गृहमन्त्री आर्याल सिराहामा गोली हानी एक जनाको हत्या कांग्रेस देश बदल्ने अठोटसहित निर्वाचनमा होमिएको छ : देवराज चालिसे महाराज गुरुङ बने युवा सङ्घको अध्यक्ष नेकपा एक नम्बर पार्टी बन्ने सम्भावना छ : प्रचण्ड श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ अछाम पुगे बालेन शाह प्रधानमन्त्री कार्कीबाट सहिदप्रति श्रद्धाञ्जली अर्पण नारायणगढ–मुग्लिन सडकखण्डमा बस दुर्घटना हुँदा ४० जना घाइते सहिदका सपना पूरा गर्ने सभापति थापाको संकल्प सुनचाँदीको मुल्य घट्यो, सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार राष्ट्रपति पौडेल जापान जाने