2026-07-24 06:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

दार्चुलामा आमा समूहको आग्रहमा मदिरा निषेध गरियो

लोकेन्द्र प्रशाद जोशी/भदौ १७, दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिकाको वडा नम्बर १ शिखरमा आमा समूहको आग्रहमा वडापालिका कार्यालयले मदिरा निषेध गरेको छ । 

मदिराको कारण समाजमा विकृति बढेको भन्दै आमा समूह, महिला समूहले सामूहिक हस्ताक्षर गर्दै मदिरा निषेध गर्न माग गरेपछि वडापालिका अध्यक्ष भरतबहादुर खडायतको अध्यक्षतामा बसेको बैठकले मदिरा बन्द गर्ने निर्णय कार्यान्वय गर्ने निर्णय गरेको हो ।

वडापालिकाले मदिरा सेवन गरेर हो हल्ला गर्नेलाई पहिलो पटक २ हजार, दोहोर्याएमा २ हजार ५ सय पटक पटक दोहोर्याएमा ३  हजार रुपैयाँका दरले जरिवाना थप्दै जाने निर्णय गरेको छ । 

यस्तै मदिरा ओसार पसार गर्ने व्यक्तिलाई पहिलो पटक ३ हजार पटक पटक दोहोर्याएमा ५ हजार रुपैयाँ, जरिवाना हुने उल्लेख छ । बेचबिखन गर्ने व्यक्तिलाई पहिलो पटक ५ हजार रुपैयाँ तथा दोहोर्याएमा १५ हजार रुपैयाँका दरले जरिवाना गर्ने निर्णय भएको अध्यक्ष खडायतले बताउनुभयो ।

वडापालिका कार्यालयले मदिरा व्यवस्थापनमा सहयोग गरेबाफत प्रहरी चौकीलाई ४० प्रतिशत, मदिराबारे सूचना दिने आमा समूह महिला समूह लगायतलाई ३० प्रतिशत र बाकी बचत हुने आउने ३० प्रतिशत रकम वडापालिका कार्यालयको आम्दानी हुने उल्लेख गरेको छ ।

पछिल्लो समय दार्चुला जिल्लाका बिभिन्न गाउँपालीका नगरपालीका र वडाहरुमा आमा समुह, बालक्लबहरुको दबाबपछि मदिरा नियन्त्रण एब. ब्यबस्थापनमा सुधार देखीन थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक