2026-09-26 05:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इन्डोनेसियामा ज्वालामुखी विस्फोटपछि बालीका दर्जनौँ उडान रद्द

इन्डोनेसियाको पूर्वमा ज्वालामुखी विस्फोट भएपछि रिसोर्ट टापु बाली जाने र आउने दर्जनौँ उडानहरू बुधबार रद्द गरिएको अधिकारीहरूले बताएका छन् ।
पर्यटकीय टापु फ्लोर्समा रहेको एक हजार पाँच सय ८४ मिटर (पाँच हजार एक सय ९७ फिट) अग्लो ज्वालामुखी माउन्ट लेवोटोबी लाकी–लाकी मङ्गलबार विस्फोट भएपछि अधिकारीहरूले यसको सतर्कता स्थिति चार–स्तरीय प्रणालीको उच्चतम स्तरमा बढाएका छन् ।
“पूर्वी नुसा तेङ्गारामा लेवाटोबी लाकी–लाकीको ज्वालामुखी गतिविधिका कारण आई गुस्ती नगुराह राय विमानस्थलमा धेरै उडान रद्द गरिएको छ”, विमानस्थल अपरेटर अङ्कासा पुरा इन्डोनेसियाले एक विज्ञप्तिमा एएफपीलाई बताएको छ ।
रद्द गरिएका उडानहरूमा अस्ट्रेलियाका सहरहरूमा जेटस्टार र भर्जिन अस्ट्रेलिया सेवाहरू समावेश छन् । यस्तै एयर इन्डिया, एयर न्युजिल्याण्ड, सिङ्गापुरको टाइगरएयर र चीनको जुनेयाओ एयरलाइन्सले पनि ‘ज्वालामुखीका कारण’ उडानहरू रद्द गरेको बालीको अन्तर्राष्ट्रिय विमानस्थलको वेबसाइटले जनाएको छ ।
जेटस्टारले बुधबार आफ्नो वेबसाइटमा एक विज्ञप्तिमा बाली जाने र आउने उडानहरू रद्द भएको पुष्टि गरेको छ ।
“पूर्वानुमानले आज रातिसम्म खरानीको बादल सफा हुने अपेक्षा गरिएको छ । नतिजाका रूपमा आज दिउँसोका उडानहरू आज साँझपछि सञ्चालन गर्न ढिलाइ हुनेछ”, जेटस्टारले भन्यो ।
फ्लोर्समा लोकप्रिय पर्यटकीय हटस्पट लाबुआन बाजोका लागि प्रस्थान गर्ने धेरै घरेलु एयरएसिया उडानहरू पनि रद्द गरिएका छन् ।
बालीको नगुराह राई विमानस्थलले आन्तरिक र अन्तर्राष्ट्रिय मार्गमा टापुभित्र र बाहिरका ३२ वटा उडान रद्द गरिएको बताएको छ ।
विमानस्थलका एक ग्राहक सेवा एजेन्टका अनुसार उडानहरू रद्द भए पनि उड्डयन हब अझै पनि सामान्य रूपमा सञ्चालन भइरहेको छ ।
“यो मार्ग र एयरलाइन्समा पनि निर्भर गर्दछ”, नाम उल्लेख गर्न नमान्ने ती एजेन्टले भने ।
फ्लोरेस टापुको माउमेरे नजिकैको अपेक्षाकृत सानो विमानस्थल फ्रान्सिस्कस जाभेरियस सेडा विमानस्थल बिहीबार बिहानसम्म बन्द गरिएको अधिकारीहरूले सामाजिक सञ्जालमा बताएका छन् ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह कोशीमा बढ्दो जलसतह, ३३ ढोका खोलिए; सतर्कता बढाइयो सिक्किममा भारी वर्षापछि ठूलो पहिरो, धेरै घर र सरकारी संरचनामा क्षति दुबईका नेपालीका लागि सहज सेवा, राहदानी घरमै पुर्‍याइने