सरोज यादव/भदौ १७, सर्लाही । सर्लाहीको गौरीशंकर गाउँपालीका साविक वडा न ७ श्रीनगर गाउँमा हाइटेन्सन बिजुलीको तार खस्दा सोही गाउँका करिव दुई दर्जन भन्दा बढि ब्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सरोज यादव/भदौ १७, सर्लाही । सर्लाहीको गौरीशंकर गाउँपालीका साविक वडा न ७ श्रीनगर गाउँमा हाइटेन्सन बिजुलीको तार खस्दा सोही गाउँका करिव दुई दर्जन भन्दा बढि ब्"/>

११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीमा करेन्ट लाग्दा एकको मृत्यु, दुई दर्जनबढी घाईते, गाईबस्तु पनि मरे

१७ भाद्र २०७४, शनिबार ०९:२३


सरोज यादव/भदौ १७, सर्लाही । सर्लाहीको गौरीशंकर गाउँपालीका साविक वडा न ७ श्रीनगर गाउँमा ११ हजार भोल्टेज भएको बिजुलीको हाइटेन्सन तार खस्दा सोही गाउँका करिव दुई दर्जन भन्दा बढि ब्यक्तिलाई करेन्ट लागेको छ ।

करेन्ट लागेका तीनजनाको अवस्था गम्भीर रहेको बताइएको छ । हिजो बेलुकी करिब ५ बजे पोलमाथिको तार स्थानीय गंगा महतोको घर नजिक खस्दा महतोको छोरा, शन्तोस महतो, उनकी श्रीमती, छोरी, त्यस्तै सोहि ठाउँका रामतलेवर यादवकी श्रीमति समेत गम्भीर घाइते भएका हुन् ।

करेन्ट लागेर गम्भीर घाइते चारै जनाको समान्य उपचारपछि थप उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएको स्थानीय राम कलेवर रायले जानकारी दिए ।

करेन्ट लागेर स्थानीय राम नरेश यादवको एउटा गोरु, गंगा महतोको एउटा ठूलो रांगा, राम वीर महतोको दुईटा टायर गाडाका गोरु मरेका छन् । अन्य थुप्रै चौपाया बेहोश अवस्थामा रहेको स्थानिय राम नरेशले बताएका छन् । 

त्यस्तै, सर्लाहीको बागमती नगरपालिका – ६ राजघाटमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । शुक्रबार राति घरमा विद्युत सर्ट भएपछि सल्किएको आगो निभाउन खोज्दा १६ वर्षिय दिपेश कार्कीको करेन्ट लागेर घाईते भएको थियो । घाईते कार्कीलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भैसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह