सरोज यादव/भदौ १७, सर्लाही । सर्लाहीको गौरीशंकर गाउँपालीका साविक वडा न ७ श्रीनगर गाउँमा हाइटेन्सन बिजुलीको तार खस्दा सोही गाउँका करिव दुई दर्जन भन्दा बढि ब्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सरोज यादव/भदौ १७, सर्लाही । सर्लाहीको गौरीशंकर गाउँपालीका साविक वडा न ७ श्रीनगर गाउँमा हाइटेन्सन बिजुलीको तार खस्दा सोही गाउँका करिव दुई दर्जन भन्दा बढि ब्"/>

2026-09-12 02:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीमा करेन्ट लाग्दा एकको मृत्यु, दुई दर्जनबढी घाईते, गाईबस्तु पनि मरे


सरोज यादव/भदौ १७, सर्लाही । सर्लाहीको गौरीशंकर गाउँपालीका साविक वडा न ७ श्रीनगर गाउँमा ११ हजार भोल्टेज भएको बिजुलीको हाइटेन्सन तार खस्दा सोही गाउँका करिव दुई दर्जन भन्दा बढि ब्यक्तिलाई करेन्ट लागेको छ ।

करेन्ट लागेका तीनजनाको अवस्था गम्भीर रहेको बताइएको छ । हिजो बेलुकी करिब ५ बजे पोलमाथिको तार स्थानीय गंगा महतोको घर नजिक खस्दा महतोको छोरा, शन्तोस महतो, उनकी श्रीमती, छोरी, त्यस्तै सोहि ठाउँका रामतलेवर यादवकी श्रीमति समेत गम्भीर घाइते भएका हुन् ।

करेन्ट लागेर गम्भीर घाइते चारै जनाको समान्य उपचारपछि थप उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएको स्थानीय राम कलेवर रायले जानकारी दिए ।

करेन्ट लागेर स्थानीय राम नरेश यादवको एउटा गोरु, गंगा महतोको एउटा ठूलो रांगा, राम वीर महतोको दुईटा टायर गाडाका गोरु मरेका छन् । अन्य थुप्रै चौपाया बेहोश अवस्थामा रहेको स्थानिय राम नरेशले बताएका छन् । 

त्यस्तै, सर्लाहीको बागमती नगरपालिका – ६ राजघाटमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । शुक्रबार राति घरमा विद्युत सर्ट भएपछि सल्किएको आगो निभाउन खोज्दा १६ वर्षिय दिपेश कार्कीको करेन्ट लागेर घाईते भएको थियो । घाईते कार्कीलाई उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भैसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले