११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

एक पिकअप भ्यानसहित ठूलो परिमाणमा लत्ताकपडा बरामद

१७ भाद्र २०७४, शनिबार १०:४९


भदौ १७, धनुषा । जनकपुर भन्सार कार्यालयले भन्सार छलेर ल्याइएका एक पिकअप भ्यानसहित लाखाँै मूल्य बराबरका लताकपडा पक्राउ गरेको छ । 

जनकपुरस्थित भन्सार कार्यालयले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी दिनुभएको हो । 

कार्यालयका प्रमुख भन्सार अधिकृत हेमचन्द्र शर्माले विशेष सूचनाका आधारमा पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको वीरेन्द्र बजारबाट बिहान ३ बजे भन्सार छली ल्याइएका रु १० लाख मूल्य बराबरका लत्ताकपडा पक्राउ गरेको बताउनुभयो । 

ज १ च १२७५ नम्बरको पिकअप भ्यानमा रहेको सो लताकपडा सिरहातर्फ लादै गरेको अवस्थामा पक्राउ गरिएको उहाँले बताउनुभयो । सो पिकअपमा रहेका कपडा भारतीय नागरिकको रहेको अनुमान गरिएको छ । 

त्यसैगरी चोरीपैठारी गरी भित्र्यिाइएका पान मसाला, खाने तेल, चिनीलगायत कसमेटिक सामान जनकपुरलगायतका बजारमा खुलेयाम विक्री भइरहेका छन् । चोरीतस्करीबाट आउने यी सामानबाट भन्सार कार्यालयले भने वर्षेनी ठूलो रकम राजस्व गुमाउँदै आएको छ । 

प्रहरीको मिलोमतोमा नै यी सामानको चोरी तस्करी हुने गरेको यसमा संलग्न व्यवसायीले बताएका छन् । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह