११ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीमा फेरी अर्की महिलाको चुल्ठो काटियो, बेहोस भएपछि अस्पताल भर्ना

१७ भाद्र २०७४, शनिबार ११:१७

सरोज यादव/भदौ १७, सर्लाही । सर्लाही सहित तराईका विभिन्न जिल्लाहरुमा महिलाको चुल्ठो काटिने गरेको हल्ला चलिरहेकाबेला सर्लाहीमा फेरी अर्की महिलाको कपाल काटिएको छ ।

सर्लाहीको हरिवन नगरपालिका २ अत्रौलीका मिचन महतोकि श्रीमति ३५ बर्षीय रिना महतोको कपाल काटिएको छ । शनिबार दिउसो २ बजेतिर आफ्नै घरमा बसेर मकै केलाउने क्रममा रिनाको कपाल काटिएको बताइएको छ । रिनाले मकै केलाइरहेकाबेला कपाल काटिएको थियो, तर उनि उठ्दा कपाल कपाल भुइमा झरेको देखेपछी बेहोस भएकी थिइन् । बेहोस भएकी उनलाई हरिवन स्थित नमुना आस्पतालमा भर्ना गरिएको छ । 

कसरि काटिन्छ कपाल ?

घरबाहिर शौच गर्न जाँदा, घर–आँगनको काम गरिरहँदा, घाँस काटिरहँदा यस्तो घटना हुने गरेको बताइएको छ । केहीले घरमै खाना पकाउँदा, टेलिभिजन हेरिरहँदा र धेरैजसो सुतिरहेको अवस्थामा चुल्ठो काटिएको हल्ला फैलिएको छ ।

कतिपय पीडितले कपाल काटिँदा कालो बिरालो आएको, छाया आएको, पछाडिबाट धकेलेको महसुस हुने गरेको बताएका छन् । कपाल काटिएपछि बेहोस हुने, टाउको दुख्ने, रिंगटा लाग्ने, डराउने, निद्रा नलाग्नेजस्ता स्वास्थ्य समस्या हुने गरेको पीडितको भनाइ छ । 

दिन प्रतिदिन सर्लाही लगायत तराईको विभिम्न जिल्लामा यस्तो घट्ना बढ्दै जादा सबै तराईवासि त्रसित भएका छन् ।  (फाइल तस्बिर)


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह