2026-09-19 05:42 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दार्चुला - DCL

भारतको मालपा पहिरोको प्रभाव दार्चुलामा पनि पर्यो


लोकेन्द्र प्रशाद जोशी/भदौ १७, दार्चुला । भारतको मालपा क्षेत्रमा खसेको पहिरोले सडक अवरूद्ध भएपछि दार्चुलाको ब्याँस गाउँपालिकाका बासिन्दा खाद्य संकटमा परेका छन् । 

ब्याँसका बासिन्दाहरुको मुख्य बजार भारतको धारचुला र सदरमुकाम खलंगा हो । तर, त्यहाँसम्म पुग्ने बाटो पहिरोले बन्द भएको दुई हप्ता भइसकेको छ । पहिरोका कारण आवतजावत बन्द भएपछि भारतीय बजार धार्चुलामा निर्भर व्याँस गाउँपालिका १ व्याँसका बासिन्दाहरु समस्यामा परेका हुन् ।

भारतको मालपा र घटियाबगर लगायतका ठाउँ ठाउँमा खसेको पहिरोका कारण पाङ्ला मालपा सडकखण्ड गत साउन ३० गतेदेखि अबरुद्ध छ । नेपाली भूमिमा बाटो नहुँदा भारतको बाटो भएर आवत जावत गर्ने यसक्षेत्रका बासिन्दा अहिले भारतीय बाटो समेत अबरुद्ध हुँदा नाकाबन्दीमा परेको जस्तै अनुभूति गरेका छन् ।

घरमा घोडा खच्चर पालेकाहरुले चीनको ताक्लाकोटबाट खाद्यान्न ल्याउने गरेका छन् तर त्यो पनि नहुनेहरुको बिचल्ली भएको छ । भारतीय बस्तीहरुमा भने हेलिकोप्टर मार्फत भारत सरकारले खाद्यान्न ढुवानी गर्दै आएको छ । तर, नेपाली नागरिकहरु टुलुटुलु हेरेर बस्न बाध्य छन् । नेपाल सरकारको ध्यान आफ्ना नागरिक समस्यामा परेको तर्फ गएको छैन ।

खाद्य संकटमात्रै होइन विरामीहरु जिल्ला अस्पताल ल्याउन समेत अप्ठेरो भएको व्यास स्वास्थ्य चौकीका हेल्थ असिस्टेन्ट जगदीश ऐतवालले बताए । ‘

मालपा क्षेत्रको पहिरोमा परेर भारतीय सुरक्षाकर्मी र नेपाली नागरिकहरुसहित ३ दर्जन बढीले ज्यान गुमाइसकेका छन् 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई