भदौ १७, काठमाडौँ | नेपाली कांग्रेस रसुवा-काठमाडौ सम्पर्क समितिले आज एक समारोहका बिच रसुवा जिल्लाबाट माध्यमिक प्रबेशिका परीक्षा (SEE) २०७४ मा A र A+ ग्रेड ल्याउने २१ जना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ १७, काठमाडौँ | नेपाली कांग्रेस रसुवा-काठमाडौ सम्पर्क समितिले आज एक समारोहका बिच रसुवा जिल्लाबाट माध्यमिक प्रबेशिका परीक्षा (SEE) २०७४ मा A र A+ ग्रेड ल्याउने २१ जना"/>
2026-09-19 03:20 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

नेका रसुवा-काठमाडौ सम्पर्क समितिको पुरस्कार सहित सम्मान कार्यक्रम सम्पन्न

भदौ १७, काठमाडौँ | नेपाली कांग्रेस रसुवा-काठमाडौ सम्पर्क समितिले आज एक समारोहका बिच रसुवा जिल्लाबाट माध्यमिक प्रबेशिका परीक्षा (SEE) २०७४ मा A र A+ ग्रेड ल्याउने २१ जना विद्यार्थीहरुला रु ५१०० नगद सहित प्रशंसा पत्रद्वारा सम्मान गरेको छ । साथै सर्बोत्कृस्ट श्रेणीमा बिद्यार्थी उतिर्ण गराउन सफल रसुवा का बिध्यालयहरुलाई पनि प्रशंशा पत्रद्वारा सहित सम्मान गरेको थियो । 

काठमाडौ बालाजुमा आयोजना गरिएको उक्त कार्यक्रमको सभापतित्व समितिका अध्यक्ष प्रेम प्रसाद पौडेलले गर्नु भएको थियो । पुरस्कृत बिध्यार्थी तथा विद्यालयलाई प्रशंसा पत्र प्रदान गर्दै कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रीय सदस्य माननीय अर्जुन नर्सिङ केसीले बिद्यार्थी तथा बिद्यालयको उज्ज्वल शैक्षिक भबिस्यको कामना गर्दै नेपाली कांग्रेस रसुवा काठमाडौ सम्पर्क समितीले आयोजना गरेको यो कार्यक्रम हालसम्मकै उत्कृष्ट र उपलब्धिमुलक भएको भन्दै उच्च प्रशंसा गर्नु भएको थियो । 

कार्यक्रममा उपस्थित सम्पुर्णमा स्वागत गर्दै कार्यक्रमको औचित्यबारे समितीका सचिब उत्तम पौडेलले प्रस्टाउनु भएको थियो । रसुवा जिल्ला नेबिसंघका कोषाध्यक्ष सन्दिप पौडेलले आगामी दिनमा नेबिसंघ रसुवाले पनि यस्ता खाले बिद्यार्थी प्रोत्साहनका कार्यक्रमहरु गर्दै जाने भन्दै समितिले गरेको यस्तो कार्यक्रमलाई अबका दिनहरुमा नेबिसंघ रसुवाले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । सो कार्यक्रममा बक्ताहरु जनक जीवन उपाध्याय, प्रभात तामाङ, राजु तितुङ, लामाकार्पु तामाङ तथा नेपाली कांग्रेस रसुवाका सभापती पेम्बा छिरिङ तामाङले कार्यक्रमको उच्च प्रशंसा गर्दै आजसम्मकै रसुवाको उत्कृष्ट एवम् उपलब्धिमुलक कार्यक्रम भएको भन्दै आयोजक समितीलाई धन्यबादका साथ बधाइ ब्यक्त गर्नु भएको थियो । 

कार्यक्रममा नेबिसंघ रसुवाका पुर्व अध्यक्ष एवम रसुवा कांग्रेसका युवा नेता धर्मराज पौड्यालले पुरस्कृत सम्पुर्ण बिद्यार्थी तथा बिध्यालयको उज्ज्वल शैक्षिक भबिस्यको कामना गर्दै आगामी दिनहरुमा रसुवा जिल्लाको हर शैक्षिक अभियान तथा  बिद्यार्थी तथा बिध्यालयको समस्या समाधानमा नेपाली कांग्रेस रसुवाको साथ र सहयोग रहने प्रतिबद्धता गर्नुभएको थियो । समितिका वरिष्ठ उपाध्यक्ष शैलेष पौडेलले कार्यक्रमको संचालन गर्दै रसुवाबाट काठमाडौ आइ बसोबास गर्ने हर रसुवालीको  सुख-दु:खमा साथ अनि सहयोग गर्न नेपाली कांग्रेस रसुवा काठमाडौ सम्पर्क समिती सदैब अग्रणी भुमिकामा रहने प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई