Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

पाकिस्तानबाट २६९ अफगान नागरिक स्वदेश फिर्ता

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:
पाकिस्तानको जेलमा रहेका कुल दुई सय ६९ अफगान नागरिकलाई बिहीबार रिहा गरी उनीहरूको मातृभूमि अफगानिस्तानमा फिर्ता पठाइएको स्थानीय मिडिया आउटलेट टोलोन्युजले शुक्रबार बताएको छ ।
पाकिस्तानको विभिन्न जेलमा तीन महिना बिताएका महिला र बालबालिका लगायत पूर्व कैदीहरूलाई तोरखाम सीमा विन्दुमा अफगान अधिकारीहरूलाई हस्तान्तरण गरिएको छ ।
पाकिस्तानले विगत छ महिनामा सयौँ अफगान कैदीलाई मुक्त गरेको छ । इस्लामाबादले कानूनी यात्रा कागजातहरू नभएका अफगान शरणार्थीहरूलाई छिमेकी देश छोड्न समेत निर्देशन दिएको छ ।