२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

इरानमा शासन परिवर्तनको चर्चा अस्वीकार्य : क्रेमलिन प्रवक्ता

६ असार २०८२, शुक्रबार १५:१२
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले रुसले इरानमा शासन परिवर्तनको कुनै पनि छलफललाई पूर्ण रूपमा अस्वीकार्य ठानेको बताउनुभएको छ ।
“यो अकल्पनीय छ । निस्सन्देह, यसको बारेमा खुलेर कुरा गर्नु पनि अस्वीकार्य हुनुपर्छ”, पेस्कोभले तेहरानमा सम्भावित शक्ति परिवर्तनका बारेमा पश्चिमी बयानबाजीको जवाफमा बेलायती समाचार आउटलेट स्काई न्युजलाई भन्नुभयो ।
इजरायल र इरानबीचको प्रत्यक्ष द्वन्द्वमा कुनै पनि अमेरिकी संलग्नताले स्थितिलाई उल्लेखनीय रूपमा बढाउने र यस क्षेत्रलाई अस्थिर बनाउने उहाँले चेतावनी दिनुभयो ।
“स्थिति पहिले नै अत्यन्त तनावपूर्ण छ र यस क्षेत्रका लागि मात्र नभई विश्वव्यापी स्थिरताका लागि खतरा उत्पन्न भएको छ । द्वन्द्वको भूगोल विस्तार र सहभागीहरूको सङ्ख्या बढाउनु अझ खतरनाक हुनेछ”, उहाँले भन्नुभयो ।
पेस्कोभले  इजरायल–इरान द्वन्द्वमा अमेरिकी हस्तक्षेपले ‘पान्डोराको बाकस खोल्न सक्ने’ चेतावनी समेत दिनुभयो ।छ।“
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टनलाई इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको कहाँ हुनुहुन्छ भन्ने थाहा भएको तर उहाँलाई हाल ‘उन्मूलन’ गर्ने योजना नभएको बताउनुभएको थियो ।
ट्रम्पले इरानलाई ‘बिना शर्त आत्मसमर्पण’ गर्न पनि माग गर्नुभयो । यद्यपि उहाँले इरानी लक्ष्यहरूमा इजरायली आक्रमणपछि वासिङ्टनको धैर्य ‘कमजोर’ भए तापनि सैन्य बल तैनाथ गर्नबाट बच्न रुचाउने बताउनुभयो ।
पेस्कोभले इरानका सर्वोच्च नेतामाथि कुनै पनि सम्भावित हत्याको प्रयासप्रति रुसको प्रतिक्रिया तीव्र रूपमा नकारात्मक हुने बताउनुभयो । “हामी यस्तो कार्यको कडा निन्दा गर्नेछौँ”, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु