रमेश गिरी। भदौ १८, भक्तपुर । युवाको सक्रियतामा मध्यपुरथिमिमा २५ वर्षपछि महाकाली नाच प्रदर्शन हुने भएको छ । 

हरेक वर्ष सञ्चालन हुँदै आएको सो नाच अर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रमेश गिरी। भदौ १८, भक्तपुर । युवाको सक्रियतामा मध्यपुरथिमिमा २५ वर्षपछि महाकाली नाच प्रदर्शन हुने भएको छ । 

हरेक वर्ष सञ्चालन हुँदै आएको सो नाच अर"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा २५ वर्षपछि महाकाली नाच हुँदै

१८ भाद्र २०७४, आईतवार ०९:५३

रमेश गिरी। भदौ १८, भक्तपुर । युवाको सक्रियतामा मध्यपुरथिमिमा २५ वर्षपछि महाकाली नाच प्रदर्शन हुने भएको छ । 

हरेक वर्ष सञ्चालन हुँदै आएको सो नाच अर्थ अभावका कारण २५ वर्षदेखि बन्द भएको थियो । मध्यपुरथिमि नगरपालिका–५ र ६ का युवा सम्मिलित युवा मिलन केन्द्रको सक्रियतामा महाकाली नाच संरक्षण समिति गठन गरेर यस वर्षदेखि नाच सञ्चालनमा ल्याइने भएको हो । 

केन्द्रका अध्यक्ष सूर्यमान श्रेष्ठले २५ वर्षअघि सो नाच गाईजात्राको भोलिपल्टदेखि टोलटोलमा नचाइने भए पनि यस वर्ष भने इन्द्रजात्राको भोलिपल्टदेखि मात्रै सञ्चालनमा आउने बताउनुभयो । उहाँले भन्नुभयो, “गाईजात्राको भोलिपल्ट मध्यपुरथिमिमा भैरव नाच र सलःचा प्याखँ प्रदर्शन गरिएकाले महाकाली नाचलाई इन्द्रजात्राको भोलिपल्ट पूर्णिमादेखि चार रातसम्म सञ्चालन गरिने भएको हो, अब हरेक वर्ष यो नाच सञ्चालनमा आउँछ ।” नाच साँझ ६ बजेपछि नित्यनाथलाई समर्पित गर्दै चार रातसम्म टोलटोलमा नचाइनेछ । 

अध्यक्ष श्रेष्ठका अनुसार मध्यपुरथिमि–५ भुँलाखेलस्थित नित्यनाथ मन्दिरमा पूजा गरेर नाचलाई समर्पित गरी सुरु हुने छ । नाच दथुटोल, दिगुटोल, गँंगछिपा टोल, चपाचो, पोवु टोल, भुँलाखेल, वाःननी हुँदै थिमिका विभिन्न टोलको परिक्रमा गरी चोक चोकमा नाच्ने प्रचलन छ । 

नाचका गुरु हरिबहादुर कैती श्रेष्ठले आदिमकालदेखि नै देवासुर संग्राममा आधारित रहेर असुरलाई पराजित गरेपछिको विजयोत्सवका रुपमा सो नाच सातदेखि नौ तालमा नाचिने बताउनुभयो । नाचमा देवी, महालक्ष्मी, सिंह र माक एक एक, बेता चार, भूत भैरव, कवां र ख्या दुई दुई तथा गरी १५ जना सहभागी हुन्छन् । देवी सुजन दै श्रेष्ठ, महाकाली अविन प्रजापति र महालक्ष्मी राजु माग श्रेष्ठ, बेता रवि प्रजापति, सन्देश हामो श्रेष्ठ, अमेश नकर्मी र सुजन बसी श्रेष्ठ तथा भूत भैरव सजन दै श्रेष्ठ र प्रकाश बायजू श्रेष्ठ बन्नेछन् । 

त्यसैगरी कवाः देव पिला श्रेष्ठ र सुरज प्रजापति, ख्या रोहन राजवाहक र विकेश पिला श्रेष्ठ, सिंह राजेश पिला श्रेष्ठ र माकमा रोजेन विसिद्यो श्रेष्ठले भूमिका लिनेछन् । 

बाजा बजाउने तथा नाचका गुरुमा केशव सुजाखा श्रेष्ठ, सूर्यमानहवा श्रेष्ठ, रत्नकृष्ण सुजकां श्रेष्ठ, हरिबहादुर कैती श्रेष्ठ, हीराकाजी लामा श्रेष्ठ, रामसुन्दर वासी श्रेष्ठ, राजकृष्ण दें श्रेष्ठ र लक्ष्मीनारायण ह्याकुदुवा श्रेष्ठ रहेका छन् । बाजामा मुहाली बजाउनेको भने अभाव छ । 

मध्यपुरथिमि नगरपालिका नगरप्रमुख मदनसुन्दर श्रेष्ठ, भैरव नाचका अर्जुन श्रेष्ठ, निरञ्जन श्रेष्ठलगायतको प्रेरणाले यस वर्षदेखि सुरु हुन लागेको नाच अब नरोकिने समितिका अध्यक्ष सूर्यमान श्रेष्ठले बताउनुभयो । नाच सञ्चालनका लागि करिब रु १५ लाख ८० हजार लाग्ने जानकारी दिँदै उहाँले नगरपालिका, नाचका कलाकार, समितिका व्यक्ति, स्थानीय बासिन्दा र संघसंस्थाबाट रकम संकलन गरेर नाच सञ्चालन गरिने जानकारी दिनुभयो । 

नगरप्रमुख श्रेष्ठका अनुसार नगरको मौलिक परम्परा, ऐतिहासिक एवं सांस्कृतिक परम्परा, पर्व एवं नाचलगायत धरोहरको संरक्षणका लागि नगरपालिकाले बजेट विनियोजन गरेको छ । रासस (फाइल फोटो)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य