३० मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनाङ्ग - MNG

मनाङमा मनाइयो अन्तरराष्ट्रिय योग दिवस

७ असार २०८२, शनिबार १४:४९
काठमाडौँ| अन्तराष्ट्रिय योग दिवसको अवसरमा मुस्ताङमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । घरपझोङ गाउँपालिका कार्यालयको आयोजनामा सिङ्गो पृथ्वी, समग्र स्वास्थ्यका लागि योग भन्ने नाराका साथ जोमसोमस्थित गाउँपालिका कार्यालय परिसरमा योगाभ्याससहित विभिन्न कार्यक्रम गरी मनाइएको हो ।
घरपझोङ गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, जिल्लास्थित विभिन्न कार्यालयका कर्मचारी, सुरक्षा निकाय, युवा क्लव, आमा समूह र स्थानीय नागरिकको उपस्थितीमा दिवस मनाइएको घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिनुभयो ।
पतञ्जली योगपीठ गण्डकी प्रदेशका अध्यक्ष नरेन्द्रमान लालचनले सहभागीहरुलाई एक घण्टा ध्यान साधनासहितको योग अभ्यास प्रशिक्षण दिनुभएको थियो । योगपीठ गण्डकीका अध्यक्ष लालचनले मानिसको शारीरिक, मानसिक र स्वथ्यकर जीवनयापनका लागि योग अभ्यास अपरिहार्य रहेको बताउनुभयो । “योग अभ्यास पूर्वीय संस्कार र संस्कृति हो, यो ऋषिमुनीहरुले आर्जेको योग हो”, उहाँले भन्नुभयो, “यो शारीरिक स्फूर्ती र स्वस्थ जीवनयापनका लागि योग आवश्यक छ ।”
गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले स्वस्थ जीवनका लागि योग अभ्यास आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली