2026-08-25 12:58 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मनाङ्ग - MNG

मनाङमा मनाइयो अन्तरराष्ट्रिय योग दिवस

2025-06-21
काठमाडौँ| अन्तराष्ट्रिय योग दिवसको अवसरमा मुस्ताङमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । घरपझोङ गाउँपालिका कार्यालयको आयोजनामा सिङ्गो पृथ्वी, समग्र स्वास्थ्यका लागि योग भन्ने नाराका साथ जोमसोमस्थित गाउँपालिका कार्यालय परिसरमा योगाभ्याससहित विभिन्न कार्यक्रम गरी मनाइएको हो ।
घरपझोङ गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, जिल्लास्थित विभिन्न कार्यालयका कर्मचारी, सुरक्षा निकाय, युवा क्लव, आमा समूह र स्थानीय नागरिकको उपस्थितीमा दिवस मनाइएको घरपझोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बेदहरी अधिकारीले जानकारी दिनुभयो ।
पतञ्जली योगपीठ गण्डकी प्रदेशका अध्यक्ष नरेन्द्रमान लालचनले सहभागीहरुलाई एक घण्टा ध्यान साधनासहितको योग अभ्यास प्रशिक्षण दिनुभएको थियो । योगपीठ गण्डकीका अध्यक्ष लालचनले मानिसको शारीरिक, मानसिक र स्वथ्यकर जीवनयापनका लागि योग अभ्यास अपरिहार्य रहेको बताउनुभयो । “योग अभ्यास पूर्वीय संस्कार र संस्कृति हो, यो ऋषिमुनीहरुले आर्जेको योग हो”, उहाँले भन्नुभयो, “यो शारीरिक स्फूर्ती र स्वस्थ जीवनयापनका लागि योग आवश्यक छ ।”
गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले स्वस्थ जीवनका लागि योग अभ्यास आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्दिरा र रामबहादुर थापाका थापाले बोलेका शब्दहरु संसद्को रेकर्डबाट हटाउन सभामुखको निर्देशन चार विधेयक दफावार छलफलका लागि समितिमा पठाइयो भारतमा मृत्युदण्डको व्यवस्था छ भने हामी किन सक्दैनौँ ? : खुश्बु ओली सामाजिक सञ्जालमा बालबालिकाका लागि उमेर हद तोक्न पद्मा अर्यालको आग्रह बलात्कारी र भ्रष्टाचारी प्रमाणित भए अन दि स्पोर्ट ठोक्ने कानुनको व्यवस्था गर्न खगेन्द्र सुनारको माग प्रधानमन्त्री भन्ने पदको निजी जीवन हुँदैन : हर्कराज राई बालिका हत्याका आरोपीको भिडिओ खिच्ने एक प्रहरी पक्राउ हाम्रो सरकारको प्रभाव र विश्वास जनतामा घट्दै गइरहेको छ : सांसद सिंह विदेशबाट आयातित स्याउ रोक्न ज्ञानेन्द्र शाहीको माग परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन