२०८३, १ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुख्य समाचार

सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयकमा परिमार्जन गर्न माग

२०८२, ९ असार सोमबार १२:३६
काठमाडौं ।  सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ लाई परिमार्जन गरिनुपर्नेमा कानुन व्यवसायीले जोड दिएका छन् ।
 संसद्मा दर्ता भएको सूचना प्रविधि तथा साइबर सुरक्षा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अझै अपुरो, अधुरो र अस्पष्ट रहेकाले यसमा परिमार्जन आवश्यक रहेको राजधानीमा महिला, कानुन र विकास मञ्चले आयोजना गरेको सञ्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रममा जानकारी गराइएको हो ।
महिला तथा बालिकाविरुद्ध हुने साइबर अपराधमा केन्द्रित रहेर सञ्चारकर्मीसँग गरिएको अन्तक्र्रियामा स्रोत व्यक्ति अधिवक्ताद्वय अशाङ्कन मल्ल र राष्ट्र विमोचन तिमल्सिनाले २०८० को विद्युतीय कारोबार ऐन भन्दा गत जेठ २७ गते संसद्मा टेबुल भएको सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ समय सापेक्ष भए पनि धेरै कुरा छुटेको र अस्पष्ट रहेका परिमार्जन गरिनुपर्नेमा जोड दिनुभएको हो ।
हिंसाको प्रकार समयसँगै बदलिएकाले नयाँ साइबर सुरक्षा ऐन आवश्यकता भएको हुनसक्ने मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले बताउनुभयो । विद्युतीय कारोबार ऐनलाई प्रतिस्थापन गर्न बनेको नयाँ विधेयकले महिला तथा बालिकालाई कति समेटेको छ भन्ने विषय सञ्चारकर्मीलाई जानकारी दिन अन्तक्रिया आयोजना गरेको उहाँले जानकारी गराउनुभयो ।
इन्टरनेट प्रयोगकर्ता बढेसँगै अपराधका प्रकार पनि बढेको अधिवक्ता मल्लको भनाइ थियो । विद्युतीय कारोबार ऐनको हुबहु भए पनि समयसापेक्ष नभएको उहाँले बताउनुभयो । इन्टरनेटको माध्यमबाट हुने अपरोध रोक्न नेपालमा २०७५ सालमा साइबर ब्यूरो स्थापना भएको थियो । त्यसबेला दुई सय ३७ जाहेरी ब्यूरोमा परेको थियो । यसैगरी २०७६/७७ मा दुई हजार तीन सय जाहेरी दर्ता भएको थियो । गत वर्ष २०८१/८२ मा ब्यूरोमा १९ हजार सात सय ३० वटा जाहेरी परेको जानकारी अधिवक्ता श्रेष्ठले दिनुभयो । यति धेरै जाहेरी परे पनि प्रहरीले दुई सय अर्थात् एक प्रतिशत जाहेरीलाई मात्र अदालतसम्म पु¥याएको तथ्याङ्क उहाँले प्रस्तुत गर्नुभयो ।
सञ्चारमाध्यमलाई आक्रमण नगर्ने, गोपनीयताको हक, सामाजिक सञ्जाल सूचीकृत गर्नुपर्ने, एआईको विषय र नयाँ प्रविधिलाई मर्यादित रुपमा सञ्चालन गर्नुपर्नेलगायतका विषय सकारात्मक रहेको अधिवक्ता तिमल्सिनाले बताउनुभयो ।  अश्लीलताका विषयमा अस्पष्ट हुनु, कानुनबीच तादाम्यता नहुनु, सजायको व्यवस्था थोरै हुनुलगायतका विषय यो विधेयकको कमजोर पक्ष भएको उहाँको भनाइ छ ।
–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्विया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ मर्स्याङ्दी नदीको ड्याममा नुहाउने क्रममा एक जना पुरूष बेपत्ता स्रोत नखुलेको १४ लाख भारतीय रुपैयाँ सहित एक युवक पक्राउ अनिवार्य श्रम गर्नेलाई निशुल्क स्वास्थ्य सेवा सरकारले सार्वजनिक गर्‍यो १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदा मलामी बोकेको ट्याक्टरबाट खसेर एकजनाको मृत्यु पार्टीको कार्यालयबाहिर यो जुन अनाधिकृत हुने गतिविधिहरू यसको एउटा सीमा हुन्छ: गगन थापा म पार्टीको जिम्मेवारीमा छु, म सबै साथीहरूलाई समेटेर लैजाने कोसिस गर्छु: गगन थापा मलाई कुनै डर छैन, यी सम्पूर्ण सम्पत्तिहरू मेरो परिवारको इमानदार मेहनतको कमाइ हुन्: शिक्षामन्त्री पोखरेल काठमाडौँमा आजदेखि रात्रिकालीन बस चल्ने झापामा दुई उद्योगमा आगलागी गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन सुनचाँदीको मूल्यमा वृद्धि तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ