भदौ १९, डडेल्धुरा । सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको अवसरमा गत बिहीबारबाट डडेल्धुरामा सुरु भएको राष्ट्रिय गौरा महोत्सव आइताबार सम्पन्न भएको छ ।

आइ"/>

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

भदौ १९, डडेल्धुरा । सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको अवसरमा गत बिहीबारबाट डडेल्धुरामा सुरु भएको राष्ट्रिय गौरा महोत्सव आइताबार सम्पन्न भएको छ ।

आइ"/>

२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुरामा आयोजित यस वर्षको राष्ट्रिय गौरा महोत्सव सम्पन्न

२०७४, १९ भाद्र सोमबार ०२:३१


भदौ १९, डडेल्धुरा । सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको अवसरमा गत बिहीबारबाट डडेल्धुरामा सुरु भएको राष्ट्रिय गौरा महोत्सव आइताबार सम्पन्न भएको छ ।

आइतबार अन्तिम दिन गौरानाच, फाग, धुमारी, बालोनाच जस्ता कार्यक्रमका साथै गौरादेवीलाई पुजाआजका साथ बिर्सजन गरि यस वर्षको गौरा समापन गरिएको हो ।

चार दिन सम्म संचालनमा रहेको गौरा महोत्सवमा महिला र पुरुष देउडा प्रतियोगिताहरु पनि संचालन गरिएको थियो । विगतका वर्षहरुझै यस वर्ष पनि राधाकृष्ण मन्दिर विकास समिति डडेल्धुराले ‘राष्ट्रिय गौरा महोत्सव २०७४’ जिल्ला सदरमुकामको बसपार्कमा आयोजना गरेको हो ।

आफ्नो परम्परागत संस्कृति संरक्षण गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा सुदूरपश्चिमका सम्पूर्ण क्षेत्रका व्यक्तिहरुको सहभागीता रहेको थियो ।  आफ्ना सन्ततीहरुको आयु लामो होस र दिर्घायु होस भनि धार्मिक परम्परा अनुसार परम्परादेखि नै यो पर्व मनाउदै आएको स्थानीय भवानी दत्त ओझाले बताएका छन् ।

साथै पार्वतीले महादेव पति पाउँ भनेर गरेको निरहार तपस्या वा ब्रतको सम्झनास्वरुप मुख्यतः गौरा पर्व मनाइने गरेको डडेल्धुरा हाटगाँउकी राधा देवी उप्रेतीले बताईन् ।

पहिले सरकारले गौरा पर्वको अवसरमा सुदूरपश्चिममा मात्रै विदा दिने गरेकोको भएपनि अहिले भने देशैभर सार्वजनिक विदा दिने गरेकोमा सुदूपश्चिमबासीहरुका लागी खुसिको कुरा भएको बताउदै आयोजक श्री राधा कृष्ण मन्दिर विकास समिति डडेल्धुराका उपाध्यक्ष भोजराज ओझाले यस वर्षको ‘राष्ट्रिय गौरा महोत्सव २०७४’ लाई सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश