2026-07-29 11:01 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गण्डकी प्रदेश

म्याग्दीमा बजेट नपरेको भन्दै,कांग्रेस र एमालेका नेता कार्यकर्ता मास्क लगाउने अवस्था आयो: नेता जुग्जाली

काठमाडौँ । नेकपा माओवादी केन्द्रबाट निर्वाचित गण्डकी प्रदेश सांसद रेशम जुग्जालीले रोष्ट्रममै बजेट पुस्तिका च्यातेका छन्।

उनको गृह जिल्ला म्याग्दीमा बजेट नपरेको भन्दै उनले बजेट पुस्तिका रोष्ट्रममै च्यातेका हुन्। गण्डकी सरकारले असार १ गते ल्याएको बजेटमाथि अहिले प्रदेश सभामा छलफल भइरहेको छ। सोमबार भएको छलफलमा सांसद जुग्जालीले आफ्नो मन्तव्य बजेट पुस्तिका च्यातेर टुंग्याएका थिए।

‘यो किताब म्याग्दीलाई कुनै अर्थ नभएकाले सभामुखको अनुमतिले च्यात्न चाहन्छु, धन्यवाद,’ उनले किताब च्यात्दै भनेका थिए। नेपाली कांग्रेस र माओवादी केन्द्र गठबन्धन सरकार हुँदा जुग्जाली गण्डकीको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री बनेका थिए।

एमाले र माओवादी केन्द्र गठबन्धन भएपछि जुग्जाली मन्त्रीबाट हटेका थिए भने उनको ठाउँमा मनाङबाट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरूङ ‘दीपक मनाङे’ मन्त्री भएका थिए।

कांग्रेस र एमालेको गठबन्धन बनेपछि माओवादी केन्द्र प्रमुख प्रतिपक्षी दल बनेको छ। जुग्जालीले सोमबारको छलफलमा मुख्यमन्त्री र मन्त्रीहरूले म्याग्दीको भूगोल नबुझेको दाबी गरे। प्रतिपक्षमा म्याग्दीबाट २ जना सांसद रहेको र उनीहरूका योजनामा विनियोजित बजेट लैजान पनि उनले सरकारलाई आग्रह गरे। प्रदेश सरकारले बजेट बनाउँदा ७० प्रतिशत बजेट पुराना बहुबर्षे योजनालाई र ४० प्रतिशत नयाँ योजनालाई बजेट विनियोजन गर्नुपर्ने उनले तर्क गरेका थिए।

‘५९ प्रतिशत हाराहारी बजेट पुराना बहुबर्षे योजनालाई हालेको देखियो। ४० प्रतिशत बजेट नयाँ योजनामा राखियो,’ उनले भने, ‘७० प्रतिशत बहुबर्षे योजनामा दायित्व राख्नुपर्थ्यो।’

म्याग्दीमा बजेट कम विनियोजन गरेको भन्दै जुग्जालीले कांग्रेस र एमालेका नेता कार्यकर्ता मास्क लगाएर हिँड्नुपर्ने अवस्था आएको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरि आफ्नै बाबुको हत्या गर्ने छोरा पक्राउ मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरू सार्वजनिक सेप्टिक ट्यांकीमा फसेर तीन जना मजदुरको मृत्यु सेयर बजार निरन्तर ओरालोतिर रास्वपाको केन्द्रीय समिति बैठक जारी नेदरल्यान्ड्सविरुद्ध नेपालले पहिले बलिङ गर्ने, सन्दीप र सोमपाल बाहिर हुण्डी कारोबारको आरोपमा एक जना पक्राउ ट्रकले ठक्कर दिँदा एक बालकसहित ३ जनाको मृत्यु देश सबैको हो, साम्प्रदायिक गतिविधिले सबैलाई घाटा हुन्छ: रवि लामिछाने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई अस्पताल भर्ना सुनसरी घटना समाधानका लागि प्रधानमन्त्रीज्यू अत्यन्तै गम्भीर हुनुहुन्छ: अर्थमन्त्री वाग्ले धार्मिक सहिष्णुता र सामाजिक सद्भाव हाम्रो वर्षौदेखिको सम्पत्ति हो, यसलाई बचाउनुर्छ: गगन थापा सुनको मूल्य घट्यो, चाँदीको बढ्यो सुनसरी घटनाबारे छलफल गर्न सिंहदरबारमा सर्वदलीय बैठक सुरु चिकित्सकमाथि कुटपिट र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न निर्देशन नेपालको लोकतान्त्रिक आन्दोलनमा गोपालमान श्रेष्ठले निभाउनु भएको भूमिका सधैं स्मरणीय रहनेछ: देउवा नेपाली कांग्रेसले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक चिकित्सकको माग सम्बोधन गरी स्वास्थ्य सेवा सुचारु गर्न गगन थापाको आग्रह नेप्से परिसूचक सामान्य अङ्कले घट्यो त्रिविको प्रश्नपत्र चुहावट प्रकरणमा थप दुईजना पक्राउ