सम्राट सिंह/भदौ १९, बझाङ । नेपाल रेडक्रस सोसाइटी र कर्मचारी युनियन बझाङद्घारा जिल्ला अस्पतालमा रहेका बिरामीलाई फलफुल बितरण गरेको छ ।
रेडक्रस र कर्मचारी युनियनले आफ्नो दिवसको अवसर पारेर जिल्ला अस्पतालमा रहेका बिरामीलाई फलफुल बितरण गरेको हो ।
नेपाल रेडक्रस सोसाइटी निस्वार्थ सेवा गर्ने संस्था भएकाले जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल बितरण गरी बिश्व रेडक्रस दिवस मनाएको रेडक्रस बझाङ शाखाका सभापती केश बहादुर खातीले बताए ।
फलफुल बितरण कार्यक्रममा जयपृथ्वी नगरपालिकाका मेयर बिरेन्द्र खडका, कार्यकारी अधिकृत अम्मराज खत्री, नेपाल रेडक्रस सोसाइटीका सभापती केश बहादुर खाती, रेडक्रसका मन्त्री ईश्वरनाथ जोशी, नेपाली काँग्रेसका पूर्व सभापती पृथ्वी बहादुर सिंह, एकिकृत अखिल नेपाल शिक्षक संगठनका कार्यबाहक अध्यक्ष जन्मजय जोशी, कर्मचारी युनियनका पदाधिकारी, पत्रकार तथा बिभिन्न संघ संस्थाका पदधिकारीहरुको उपस्थिति रहेको थियो ।