चिसाङ शेर्पा/भदौ २०, खोटाङ । खोटाङको लामिडाडाँ गाउँपालिकाको हौंचुरमा एम्बुलेन्स खरिदका निम्ती एम्बुलेन्स सेवा समिती गठन गरिएको छ । 

स्थानीय गजेन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

चिसाङ शेर्पा/भदौ २०, खोटाङ । खोटाङको लामिडाडाँ गाउँपालिकाको हौंचुरमा एम्बुलेन्स खरिदका निम्ती एम्बुलेन्स सेवा समिती गठन गरिएको छ । 

स्थानीय गजेन्"/>

2026-08-28 03:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

हौंचुरमा एम्बुलेन्स खरिदका लागि आर्थिक संकलन तीव्र


चिसाङ शेर्पा/भदौ २०, खोटाङ । खोटाङको लामिडाडाँ गाउँपालिकाको हौंचुरमा एम्बुलेन्स खरिदका निम्ती एम्बुलेन्स सेवा समिती गठन गरिएको छ । 

स्थानीय गजेन्द्र राईको संयोजकत्वमा पालिकाको ६ नम्बर वडाका लागि एम्बुलेन्स खरिद गर्नलाई समिती तयार पारिएको हो । गत साउन २६ मा गठन गरिएको समितीले नेपालसहित विभिन्न मुलकमा स्वेच्छिक सहयोग संकलन गरिरहेको समितीका संयोजक राईले बताए । 

हौचुरवासी तथा अन्य स्थानका मानिसहरुले सहयोग गर्न सकिने अभियानमा अहिलेसम्म २७ जनाले रकमसहित सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । प्रतिबद्धता अनुसार अहिलेसम्म ६ लाख १५ हजार संकलन हुने निश्चित भएको छ । २०७३ चैत्र २० वाट सुरु गरिएको अभियानमा नेपाल, जापान, साउदी, कतार, दुवाई, मलेसिया, कुवेत, वहराईनमा रहेका हौंचुरवासीहरुले सहयोग गरिरहेको अभियानले जनाएको छ । 

आगामी चैत्र मसान्तसम्म सञ्चालन हुने अभियानवाट एम्बुलेन्स खरिदका लागि आवाश्यक रकम संकलन हुने अभियानका संयोजक राईको भनाई रहेको छ । तोकिएको समयसिमा भित्र पर्याप्त रकम अपुग भए समय थपगरी पुनः अभियान सञ्चालन गरिने जानकारी दिनुभयो । 

एम्बुलेन्स खरिदजस्तो कार्यमा सहयोग गर्न चाहानुहुनेले प्रभु वैंक अनामनगरमा गजेन्द्र राई र हिमालजंग राईको नाममा रहेको खाता नम्बर ००११०२००८८६१७३०००००१ मा जम्मा गर्न सकिने समितीले जनाएको छ । युरोप देशकाहरुले सहयोग गर्नुपरे पिआर भियुएन पिकेए स्वीफ्ट कोड राखेर माथीको खाता नम्बरमा पैसा जम्मा गर्न मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विपद्को सामना गर्न सबै पक्ष एकजुट हुनुपर्छ : कुलमान घिसिङ बाढीपहिरो प्रभावितका लागि प्रधानमन्त्रीसहित मन्त्रीहरूले एक महिनाको तलब दिने समन्वयबिना राहत लिएर प्रभावित क्षेत्रमा नजान प्रधानमन्त्री सचिवालयको आग्रह रसुवातर्फ फेरि बाढीको सूचना, नुवाकोटमा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह मन्त्रिपरिषद् बैठक सुरु भोटेकोशीमा फेरि बाढी : नदी किनारका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा सर्न आग्रह रसुवा बाढीपछि त्रिशूली–नारायणीमा १७८ शव भेटिए, पहिचान प्रक्रिया सुरु चीनतर्फ फेरि हिमताल फुट्यो, रसुवाबासीलाई सतर्क रहन आग्रह सुनको मूल्य घट्यो बाढीपीडितको उद्धार र राहतमा जुट्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह रसुवा–भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ३५९ पुग्यो, २८ प्रहरी अझै बेपत्ता चितवनमा भोटेकोशी बाढीका १०८ शव फेला, पहिचान र व्यवस्थापनका लागि विशेष व्यवस्था बाढीले बगाएको शवबाट सुनका गहना चोर्ने दुई जना पक्राउ गोसाइँकुण्ड गएका धादिङका आठ शिक्षक सम्पर्कविहीन चीनको चेतावनी- नेपालका दुई नदीबीच ठूलो ताल बन्यो, तीन दिनमा फुट्न सक्छ भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो नेपालमा करिब एक सय चिनियाँ नागरिक बेपत्ता सर्वदलीय बैठकले गर्‍यो १० बुँदे साझा संकल्प प्रधानमन्त्री शाह नुवाकोट पुगे नारायणी नदीबाट बाढीमा बगेका ६७ शव संकलन, खोजी तथा पहिचान कार्य जारी