२०८२, २७ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सोह्र स्थानीय तहमा काँग्रेसको उम्मेदवारी टुंगो लाग्यो (सुचिसहित)

२०७४, २० भाद्र मंगलवार ०४:२८

भदौ २०, राजविराज । नेपाली काँग्रेस सप्तरीले अगामी असोज २ गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि सप्तरीमा १८ वटा स्थानीय तहमध्ये १६ वटामा उम्मेदवारको नाम टुंगो लगाएको छ । 

नेपाली काँग्रेसले राजविराज नगरपालिकाको प्रमुखमा ध्रुवकुमार देव र उपप्रमुखमा सुशीलाकुमारी यादवको नाम उम्मेदवारमा छनोट गरेको छ । 

हनुमाननगर कंकालिनी नगरपालिका प्रमुखमा सरोज बिराजी, उपप्रमुखमा राजेश्वरीदेवी यादव, सप्तकोशी नगरपालिकाको प्रमुखमा कृष्णप्रसाद ढकाल र उपप्रमुखमा रीताकुमारी चौधरीको नाम रहेको छ । 

यस्तै, डाँक्नेश्वरी नगरपालिकाको प्रमुखमा नारायण यादवको नाम टुंगो लगाएको छ भने उपप्रमुखमा अझै नाम टुंगो लगाउन बाँकी रहेको बताइएको छ । 

त्यस्तै, सुरुङ्गा नगरपालिकामा प्रमुखको नाम टुंगो नलागे पनि उपप्रमुखमा सुष्मा चौधरीको उम्मेदवारीको टुंगो लागेको छ । 

बोदेबर्साइन नगरपालिकाको प्रमुखमा कर्मैत यादव र उपप्रमुखमा उर्मिलादेवी साह, कञ्चनरुप नगरपालिकामा प्रमुखबाहेक उपप्रमुखमा निरु पोखरेललाई अघि सारेको छ । 

खड्ग नगरपालिका र शम्भुनाथ नगरपालिका दुईवटा स्थानीय तहमा हालसम्म कुनै उम्मेदवारको नाम टुंगो लागेको छैन । 

यसैगरी, अग्निमाई कृष्णसवरण गाउँपालिकाको प्रमुखमा परशुराम चौधरी, उपप्रमुखमा मीना चौधरी, महदेवा गाउँपालिकाको प्रमुखमा गजेन्द्र मण्डल, उपप्रमुखमा संगीताकुमारी यादव, तिरहुत गाउँपालिकाको प्रमुखमा देवनारायण गोइत, उपप्रमुखमा गीतादेवी यादव, विष्णुपुर गाउँपालिकाको प्रमुखमा निलाम्बर यादव, उपप्रमुखमा जनजिराकुमारी यादव, बेल्ही चपेना गाउँपालिकाको प्रमुखमा परमानन्द यादव, उपप्रमुखमा पुष्पमालाकुमारी मण्डललाई चयन गरेको छ । 

यसैगरी, छिन्नमस्ता गाउँपालिकाको प्रमुखमा कुलानन्द यादव, उपप्रमुखमा सहिदा खातुन, रुपनी गाउँपालिकाको प्रमुखमा रामनारायण इसर, उपप्रमुखमा भोलेश्वरी चौधरी, तिलाठी कोइलाडी गाउँपालिकाको प्रमुखमा अरुणकुमार मण्डल, उपप्रमुखमा अरहुलदेवी मण्डल, बलान बिहुल गाउँपालिकाको प्रमुखमा जितेन्द्रकुमार यादव र उपप्रमुखमा अनितादेवी साहको नाम सार्वजनिक गरेको काँग्रेसले जनाएको छ । 

सप्तरीमा नेकपा (एमाले), संघीय समाजवादी फोरम नेपाल र नेपाली काँग्रेस गरी तीनवटा दलले अहिलेसम्म स्थानीय तहको उम्मेदवारको नाम टुंगो लगाएका बताइएको छ । 

यसैगरी, आन्दोलनपश्चात् निर्वाचनमा सहभागिता जनाएको राष्ट्रिय जनता पार्टीको भने हालसम्म उम्मेदवारको टुंगो नलागेको राजपाका एक नेताले राससलाई जानकारी दिनुभयो । 

यस्तै, सरकारमा सहभागी रहेका नेपाल लोकतान्त्रिक फोरम र नेकपा (माओवादी केन्द्र) लगायत अन्य पार्टीले समेत सप्तरीमा उम्मेदवारको नाम टुंगो लगाउन बाँकी रहेको सम्बन्धित राजनीतिक दलबाट थाहा भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
लागूऔषधसहित दुई जना पक्राउ संसद्‌मा टेबुलको सट्टा ताली बजाउँदा कति राम्रो होला : हर्क साम्पाङ इरानले होर्मुजमा शुल्क लगाउनु हुदैन : ट्रम्प संसद्‌मा संख्या होइन, भूमिका महत्त्वपूर्ण हुन्छ: ज्ञानेन्द्र शाही जनताको चाहाना पूरा गर्न संसद्‌ले नागरिक केन्द्रित जनकल्याणकारी कानुन निर्माण गर्नुपर्छ: राष्ट्रपति पौडेल सिंहदरबारमा अनावश्यक भिडभाड नगर्न रास्वपाको निर्देशन दोहोरो अंकले घट्यो नेप्से मन्त्रिपरिषद् विस्तार हुँदै, थप दुई नयाँ मन्त्री नियुक्त पोखरामा महिला हत्या प्रकरणमा संलग्न दुई जना पक्राउ साउदीमा अवैध रूपमा बसेका ६२ जना नेपालीले पाए ‘एक्जिट भिसा’ श्रम स्वीकृतिसम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन पोर्चुगल पठाइ दिने भन्दै ठगी गरेको आरोपमा एक महिला पक्राउ २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ फौजदारी अभियोग लगाई १३ दिनसम्म नियन्त्रणमा राखे पनि अन्ततः म रिहा भएको छु: रमेश लेखक सुनचाँदीको मूल्य बढ्यो शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने