भदौ २०, पाल्पा। रामपुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि ऐतिहासिक रामगुफाले प्रचुर सम्भावना बोकेको छ । 

पौराणिक कथनअनुसार त्रेतायुगमा भगवान् रामले वन"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... भदौ २०, पाल्पा। रामपुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि ऐतिहासिक रामगुफाले प्रचुर सम्भावना बोकेको छ । 

पौराणिक कथनअनुसार त्रेतायुगमा भगवान् रामले वन"/>

2026-09-19 03:38 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पर्यटनको प्रचुर सम्भावना बोकेको पाल्पाको ‘रामगुफा’ ओझेलमा

भदौ २०, पाल्पा। रामपुर क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि ऐतिहासिक रामगुफाले प्रचुर सम्भावना बोकेको छ । 

पौराणिक कथनअनुसार त्रेतायुगमा भगवान् रामले वनवास जाँदा रामपुर नगरपालिका–५ को कालीगण्डकी नदीस्थित रामघाटमा नुहाएको भनाइ छ । 

सोही घाट नजिकै रहेको गुफामा भगवान् रामले रामघाटमा नुहाएर तपस्या गरेको किंवदन्ती रहेको यो गुफा परम्परादेखि नै रामगुफाका नामले चिनिँदै आएको छ । यस गुफाले रामपुर नगरपालिकाको पर्यटकीय क्षेत्रमा निकै प्रचुर सम्भावना बोकेको छ, तर यसको संरक्षण, विकास र प्रवद्र्धनमा अहिलेसम्म सम्बन्धित निकायको ध्यान पुग्न सकिरहेको छैन । 

यस गुफाभित्र शंखाकार तथा विभिन्न भगवान्का आकृति रहेका छन् । झण्डै ५० मिटरको लम्बाइमा फैलिएको गुफाको संरक्षण नहुँदा यहाँ चमेराले यसलाई वासस्थान बनाउँदै आएका छन् । 

भगवान् रामले तपस्या गरेको यस गुफाका विषयमा प्रचारप्रसार नहुँदा यसको धार्मिक, पर्यटकीय महत्व नै ओझेलमा पर्दै गइरहेको छ । यसले गर्दा रामगुफाको सट्टा कतिपयले चमेरे गुफा पनि भन्ने गरेको पाइन्छ । यहाँका स्थानीयवासी नै गुफाका विषयमा अनभिज्ञ छन् । यस गुफाभित्र पानीका मुहान पनि प्रशस्त मात्रामा भेटिन्छन् । 

गुफा संरक्षणका लागि कहीँ कतैबाट पनि सहयोग प्राप्त नहुँदा गुफाको महत्व ओझेलमा परेको स्थानीय बुद्धिप्रकाश रेग्मीले बताउनुभयो । अब रामपुर नगरपालिकासँग सहयोग माग गरेर गुफा संरक्षणतर्फ लाग्ने उहाँले बताउनुभयो । 

गुफासम्म जाने बाटो, गुफा वरिपरिको क्षेत्र सरसफाइ, गुफाले ओगटेको जमिनको बाहिरी भाग घेराबार, गुफाभित्र भगवान् रामको मन्दिर निर्माणलगायतका काम तत्काल गर्न सकेमा पनि यहाँ पर्यटकको आवागमन ह्वात्तै बढ्ने प्रचुर सम्भावना छ । अहिलेसम्म यहाँ गुफामात्र अवलोकन गर्न आउनेको संख्या एकदमै न्यून रहेको छ । 

रामगुफा रामपुरको पर्यटन विकासका लागि एक बलियो मेरुदण्ड हो । यसको पर्यटन प्रवद्र्धनले गति लिन नसक्दा पर्यटकको नजरमा यो आफैँ ओझेलमा परिरहेको छ । यहाँसम्म पुग्नका लागि सडकको राम्रो व्यवस्था नहुँदा पनि गुफाका विषयमा जानकार भए पनि खासै चासो दिएको पाइँदैन । 

गुफाको भौतिक पूर्वाधार क्षेत्रको विकास हुन सकेको खण्डमा गुफा अवलोकन गर्नका लागि यहाँ दिनहुँ सयौँको संख्यामा पर्यटक भित्रने सम्भावना छ । रासस (फाइल फोटो)

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई