Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २२ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ताप्लेजुङ्ग - TPL

धनकुटाका पत्रकारको उपचारका लागि सहयोग

२०७४, २० भाद्र मंगलवार ०७:१०

भदौ २०, ताप्लेजुङ। मुटुको रोगका कारण पीडित भएका धनकुटाका क्रियाशील वरिष्ठ पत्रकार सञ्जयसन्तोषी राईको उपचार खर्चका लागि ताप्लेजुङका पत्रकारले सहयोग रकम संकलन गरी पठाएका छन् । 

नेपाल पत्रकार महासङ्घ, जिल्ला शाखा ताप्लेजुङको सक्रियतामा संकलित रु ११ हजार राईको उपचारका लागि सहयोगस्वरुप पठाइएको पत्रकार महासङ्घका उपाध्यक्ष चन्द्र पन्दाक (प्रयास)ले बताउनुभयो । 

उक्त रकम जिल्लामा रहेका सञ्चारकर्मीलगायतबाट संकलन गरिएको हो । राईको उपचारका लागि सहयोग गर्न पत्रकार महासङ्घले देश तथा विदेशका सञ्चारकर्मीसँगसमेत आग्रह गरेको छ । 

यस्तै, प्रदेश नं १ का सबै जिल्ला शाखामार्फत सहयोग संकलन गरी सहयोग गर्न अपिल पनि गरिएको पन्दाकले बताउनुभयो । 

लामो समयसम्म धनकुटामा क्रियाशील पत्रकारिता गर्नुभएका राई नेपाल पत्रकार महासङ्घको केन्द्रीय उपाध्यक्ष तथा प्रेस काउन्सिल नेपालको सदस्य भएरसमेत काम गर्नुभएको थियो । राई नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाका संस्थापक अध्यक्षसमेत हुनुहुन्छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो एक मात्र उद्देश्य भनेको देशलाई सही बाटोमा ल्याउनु हो : दुर्गा प्रसाईँ सरकारले राम्रोसँग काम गर्न सकेन भने हामी नेपाली जनतालाई निराश हुन दिँदैनौँ, त्यसको सशक्त प्रतिवाद गर्छौँ : कुलमान घिसिङ ११.३७ अङ्कले घट्यो नेप्से परिसूचक विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान निर्वाचनबाट नयाँ दल र नयाँ पुस्ता विजयी भएर आउनुभएको छ: सुशीला कार्की प्रधानमन्त्री शाहविरुद्ध नेविसंघको प्रदर्शन सुनचाँदीको मूल्य घट्यो मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली