२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

तेह्रथुम - TRT

भुकम्पले घर भत्किएपछि एक्ली भद्रकुमारीको विचल्ली

२७ पुष २०७२, सोमबार ०४:१९

प्रकाश धौलाकोटी, पौष २७, तेह्रथुम ।  तेह्रथुमकोे हमरजुङ–४ की ६२ वर्षीय भद्रकुमारी तोलाङ्गीलाई आफ्नो जीवनको आधा उमेरसम्म कहिल्यै रुन परेन । शरीरमा तागत, पाखुरीमा बल र मनमा जोस जाँगर बाँकी भइन्जेल सबै ठिकै थियो उहाँकालागि । तर बल वैश र जोस जाँगर उमेरसँगै डाँडा काटेर गएपछि अहिले भद्रकुमारीको जीवन दुःखमा होमिएको छ ।

terhathum news 1
दुई दाजुभाई भएपनि बाबुआमाको हेरचाहमा कमी भएर विजोग हुने डरले उमेरमा विहे नगरेपछि अहिले भद्रकुमारी एक्ली हुनुभएको हो ।

बाबुआमाको मृत्युपछि एक्लै बस्दै आउनुभएकी उहाँको आफ्नो नाममा पैतिृक सम्पतीपनि छैन । दाजुभाईले पनि साथ दिएनन् र अन्ततः उहाँ एक्ली हुनुभएको हो ।
बस्दै आएको घर २०६८ साल असोज १ गतेको भुकम्पले भत्काइदिएपछि भद्रकुमारीको गाँस र बास दुवै विचल्ली भयो ।

हाँ त्यसयता घर छेऊको बाख्राको खोरमा बस्दै आउनुभएको छ । तर बाख्राको खोरमा ओत लागेर गुजारा चलाएपनि चिसो र जाडोको मौषममा भने भद्रकुमारीलाई निकै सकस हुन्छ ।

यसवर्ष पनि चिसो सुरु भएपछि बुढेसकालको शरीरमा रोग र विभिन्न शारीरिक समस्याले च्याप्दा भद्रकुमारी दुई हप्तादेखि थला पर्नुभएको छ । भुकम्पले घरमा क्षति गरेपछि आर्थिक कमजोरीकै कारण बास बस्न ओत लाग्ने घर बनाउन नसकेको तोलाङ्गीले बताउनुभयो । भुकम्पले घरमा क्षतिपुर्याए बापत राहत स्वरुप पाएको त्रिपालपनि च्यातिएपछि आफुले पालेका बाख्राको खोरमा उहाँ बस्न र रात विताउन बाध्य हुनुभएको हो ।
बाख्राको खोरको छानोपनि भत्किएको छ ।

छानोमा लगाएको च्यातिएको पाल, केही केही थोत्रा कपडा र वरिपरि पनि खुला रहेको गोठमा बास बस्नु भद्रकुमारीको दुःख बाध्यता छ । ओत लाग्ने घरदेखि गाँस र साथकालागि धेरैलाई गुहारेँ, उहाँले भन्नुभयो–तर गाउँका मान्नेगन्नेले पनि वास्ता गरेनन् ।
वर्षामा पानी परेपनि न्यानो हुँदोरहेछ, भद्रकुमारीले गहभरि आँसु पारेर भन्नुभयो– जाडो समयमा रात कतिबेला बित्छ भन्दै रात कटाउनु परेको छ । गरिब र निमुखालाई त कसैले हेर्दैन रहेछन् भद्रकुमारी भन्नुहुन्छ–यो संसार पनि हुने खानेका लागि मात्रै हो, नहुने र निमुखालागि कसैले बोल्दैनन् ।


उमेरले ६० काटेकी भद्रकुमारीको नागरिकता पनि छ । तर आफैँले प्रक्रियाबारे जानकारी नपाउँदा गाउँ विकास समितिको कार्यालयबाट पाउने सामाजिक सुरक्षा भत्ता पनि पाउनु भएको छैन ।
वर्षौदेखिको आफ्नो दुःख देखाएर गुहार गर्दापनि कसैले नसुनेको उहाँले गुनासो गर्नुभयो । ज्यानले सकिन्जेल बनीबुतो गरेर गुजारा चलाएँ, दिनभर साथीभाइसँग हाँसीखुसी ठिकै थियो, भद्रकुमारी भन्नुहुन्छ–तर यी चार वर्षका हरेक रात मेरा आँखा ओभाना रहेनन्, हिउँदमा चिसो बढ्दा र विरामी पर्दा मेरो सास कहिले जाला भनेर कुर्ने गरेकी छु ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने