2026-08-27 01:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

‘खोटाङमा स्काभेटर चालक अनुमतिपत्र बिनै चलाउछन्’

चिसाङ शेर्पा/भदौ २०, खोटाङ । सडक खन्न र ढुङ्गा फुटाउनका लागि खोटाङ ल्याईएका स्काभेटर चालकहरुसंग चालक अनुमति पत्र नरहेको पाईएको छ । 

अनुमति पत्र नहुंदा दुर्घटनामा परेका पिडीतहरुले क्षतिपुर्ति पाउन अफ्ठ्यारो हुने सम्भाबना रहेको छ । जिल्लामा हाल निर्माणधिन सडकहरु दिक्तेल – चखेवाभञ्याङमा ५, बिजुले – बाम्राङ –दिक्तेल ५, रेग्मीटार – फोक्सिनटार २, रेग्मीटार – महुरे ३, हलेसी अर्खोले ४, अर्खोले दिक्तेल ४ र रेग्मीटार छोरम्बुमा १ वटा गरि जम्मा २४ वटा स्काभेटरहरु सञ्चालनमा रहेको निर्माण ब्यबसायी संघ खोटाङका अध्यक्ष कर्ण खत्रीले बताए । अध्यक्ष खत्रीका अनुसार खोटाङमा ८ वटा चक्कावाला जेसिबि पनि सञ्चालनमा रहेको छ । 

अर्खोले – बाम्राङ – दिक्तेलको निर्माणाधिन सडकका स्काभेटर चालक टेकनारायण चौधरी र सरोज थापा बिना चालक अनुमतिपत्र बिनै स्काभेटर चलाईरहेका छन् । स्काभेटर धनि सुमान राईले चौधरी र थापाको चालक अनुमतिपत्र नभएको स्विकार गर्दै भन्नु भयो, चालक अनुमति पत्र बिनानै राम्रो रोड खनि रहेका छन् यदि बाटो नराम्रो भएको भए भन्नुहोस । र मेरा चालकहरुले दुई चार दिनमै चालक अनुमति पत्र ल्याउदै छन् । उहाँले यो समाचार नलेख्दिन समेम अनुरोध गर्नुभयो ।

जिल्ला निर्माणधिन सडकहरुमा चलिरहेका लगभग ५० प्रतिशत चालकहरुका चालक अनुमति पत्र नभएको हुन सक्ने निर्माण ब्यबसायी खोटाङका अध्यक्ष खत्रीको अनुमान् रहेको छ । अध्यक्ष खत्रीका अनुसार कतिपय स्काभेटर चालकहरु खोटाङ जिल्लामा सिक्न आउने धेरै भएकाले हाल यस्तो अबस्था आएको हो । 

स्थानीय उपभोक्ता हरिबोल आचार्य भन्नुहुन्छ ‘चालक अनुमति पत्र बिनाका चालकहरुलाई राज्यले छानबिन गरेर कडाभन्दा कडा कारबाहि गर्नुपर्छ । यस्ता चालकहरुलाई यस जिल्लामा मात्र नभई देशको कुनै पनि स्थानहरुमा चलाउनका लागि प्रतिबन्ध लगाउनु पर्छ ।’

अर्का बुद्धिजिबी तथा निर्माण ब्याबसायी खगेन्द्र राईका अनुसार चालक अनुमति पत्र बिनाका चालकहरुले कुनै दुर्घटना गराएमा न पिडीत पक्षले राज्यबाट पाउने क्षतिपुर्ति पाउँछन् न चालकले नै पाउछन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वदलीय बैठकले गर्‍यो १० बुँदे साझा संकल्प प्रधानमन्त्री शाह नुवाकोट पुगे नारायणी नदीबाट बाढीमा बगेका ६७ शव संकलन, खोजी तथा पहिचान कार्य जारी विपत्तिमा सबै शक्ति परिचालन गर्नुपर्छ : गगन थापा उद्धार र राहतपछि पुनरुत्थान हुँदै पुनर्निर्माणमा अघि बढ्नुपर्छ : अर्थमन्त्री वाग्ले राष्ट्रिय संकटमा एकजुट हुन प्रचण्डको आग्रह, खोजी–उद्धार र राहतमा साझा कार्ययोजना बनाउन जोड  सुनचाँदीको मुल्य घट्यो रसुवा बाढी : मृत्यु संख्या १७५ पुग्यो, २८ देशका ४७६ जना अझै बेपत्ता रास्वपा संसदीय दलको आकस्मिक बैठक बस्दै नेप्से परिसूचक ३५.९२ अंकले घट्यो जुनसुकै चुनौती सामाना गर्न सक्ने राष्ट्रिय सामर्थ्य हामीसँग छ: रवि लामिछाने भोटेकोशी–त्रिशूली बाढीको ठूलो क्षतिः १९ पुलमा क्षति, ४० किलोमिटर सडक भत्कियो भोटेकोशी बाढीबाट ३८४ पर्यटक सम्पर्कविहीन कोशी नदी खतरा तहमा, सुनसरी–सप्तरीमा सतर्कता अपनाउन आग्रह मन्त्रिपरिषद् बैठकका १० निर्णय सार्वजनिक रसुवा, नुवाकोट र धादिङ तीन महिना संकटग्रस्त क्षेत्र घोषणा प्रतिनिधि सभाको बैठक शुरू भोटेकोशी बाढीको त्रासः नुवाकोट र धादिङमा ७ शव फेला, खोजी तथा उद्धार जारी रसुवा हुँदै आएको बाढीले धादिङको सदरमुकाम जाने फुर्केखोलाको पुल बगायो प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद्को बैठक