१२ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

आधुनिक शौचालय निर्माणसंगै विद्यालयमा छात्रा विद्यार्थीको संख्या बढ्यो

२० भाद्र २०७४, मंगलवार १२:३७

भीमा लामा | भदौ २०, काठमाडौं । सिपापोखरे–८ सिन्धुपाल्चोक जिल्लाको राजेश्वरी माध्यमिक विद्यालयमा आधुनिक शौचालयको निर्माणपछि छात्रा विद्यार्थी भर्ना संख्या बढेको उक्त विद्यालयका प्रधानाध्यापक माधवप्रसाद सापकोटाले बताए । 


२०७२ को भूकम्पले छेदविछेद बनाएका भौतिक संरचना लगाएत शौचालयको अभाव रहेको उक्त विद्यालयमा नेपाल स्कटल्याण्ड एशोसियसनको आर्थिक सहयोगमा बनेको आधुनिक शौचालय भवनले विद्यार्थीमा खुसी छाएको छ । नेपाली रकम रु. १२ लाख बराबरको लगनीमा निर्मित भवनको प्राविधिक रुपमा पाहार ट्रस्ट नेपालले जिम्मा पाएको हो । 


शौचालयको अभावमा छात्राहरु विद्यालय नआउने समस्या प्राप्त पछि स्कटल्याण्ड एशोसियसनले त्यस तर्फ भवन निर्माणमा सहयोग पुर्याएको उक्त एशोसिएसनका प्रतिनिधि किशोर ढंगोलले बताए । कुनै विद्यार्थीलाई शौचालयकै अभावमा पढ्नबाट वञ्चित नदिन छात्र र छात्राका लागि छुट्टै २/२ कोठा गरि चार कोठाको भवन निर्माण गरिएको पनि बताए । विशेष गरि छात्राहरुका लागि शौचालयमा सेनेटरी प्याड सहित राख्ने व्यवस्था गरेको उनले बताए ।

 

त्यस्तै ५५७ जना विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा शौचालयको अभावमा खुल्ला स्थानमा शौच गर्ने बध्यता रहेको दुःख व्यक्त गर्दै छात्र÷छात्राका लागि छुट्टा छुट्टै सुरक्षित र व्यवस्थित कोठा सहितको भवन निर्माण गरेकोमा खुसी विद्यार्थीहरु खुसि रहेका छन् । विद्यार्थीको शैक्षिक वातावरण निर्माणका लागि हरेक संरचनाको आवश्यक रहेको उल्लेख गर्दै व्यवस्थित शौचालयको पनि अवश्यक रहेको पाहार ट्रस्टका महासचिव बिजुलीबहादुर गुरुङले बताए । 


इन्द्राबती गाउँपालिका स्थित सिपापोखरेमा रहेको उक्त विद्यालय देशकै नमूना समुदायिक विद्यालय बनाउने लक्ष्य रहेको प्रधानाध्यापक सापकोटाले बताए । विद्यालयको २६औं वार्षिक उत्सावसंगै नवनिर्मित शौचालय भवन हस्तानतरण गरिएको थियो । कार्यक्रममा सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं. ३ का संसाद अग्नि सापकोटा, इन्द्राबती गाउँपालिका अध्यक्ष वंशालाल तामाङ लगाएत विभिन्न कलाकारहरु, अभिभावक तथा विद्यार्थीहरुको सहभागी रहेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड गगन थापाले यसपटक आँट गरेर सर्लाहीबाट उम्मेदवारी दिएको बताए गाजामा नागरिकको हत्या जारी रहने राष्ट्रसंघको चेतावनी कुलमान घिसिङले रास्वपासँग कुनै पदको बार्गेनिङ नगरेको बताए पश्चिमी वायुको प्रभावका कारण काठमाडौँ उपत्यकामा मौसम परिवर्तन प्रधानमन्त्रीले बन्दुक समातेर गोली चलाउँदैन, जेनजी हत्याको आरोप मलाई लगाइयो: केपी ओली चुनावी अभियानको क्रममा तेह्रथुम पुगे बालेन शाह हिमपातले सुदूर पहाडको जनजीवन प्रभावित आज अन्तर्राष्ट्रिय शिक्षा दिवस मनाइँदै देश अझै संकटमा छ, दुर्घटनामा पर्न सक्छ: प्रचण्ड महावीर पुनले पाए त्रिभुज चुनाव चिन्ह मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक बदलिएको कांग्रेसले देशलाई बदल्छ : सभापति गगन थापा गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने कांग्रेसको निर्णय हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रह राष्ट्रिय सभाको बैठक जारी आशिका तामाङले उम्मेदवारी फिर्ता लिन निर्वाचन अधिकृतलाई गरिन् फोन बाबुराम भट्टराईले फिर्ता लिए उम्मेदवारी गगन थापा सभापति बनेपछि पहिलोपटक सानेपामा पुगेर बैठक गर्दै पाथीभरा पुगे बालेन शाह