कमल पौडेल | भदौ २०, खर्वाङ | गल्कोट नगरपालिका वडा नं. ११ ले शैक्षिक सुधार को लागी वडा भित्रका विद्यालय तथा वालविकास केन्द्रहरुमा अनुगमन सुरु गरेको छ । "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कमल पौडेल | भदौ २०, खर्वाङ | गल्कोट नगरपालिका वडा नं. ११ ले शैक्षिक सुधार को लागी वडा भित्रका विद्यालय तथा वालविकास केन्द्रहरुमा अनुगमन सुरु गरेको छ । "/>

2026-09-19 11:52 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

रिघाको शैक्षिक सुधारको लागी शैक्षिक संस्थामा अनुगमन सुरु


कमल पौडेल | भदौ २०, खर्वाङ | गल्कोट नगरपालिका वडा नं. ११ ले शैक्षिक सुधार को लागी वडा भित्रका विद्यालय तथा वालविकास केन्द्रहरुमा अनुगमन सुरु गरेको छ । 

वडा अध्यक्ष डम्बर वहादुर श्रीसको टोलीले आज किम्ले प्राथमिक विद्यालय किम्लेमा अनुगमन निरिक्षण गरेको छ। सो क्रममा वडा अध्यक्ष श्रीसले विद्यालयमा शैक्षिक सुधारको लागी आवश्यक कदम चाल्न सवै पक्ष तयार हुनुपर्ने वताउनु भएको छ। श्रीसले कुनै पनि विषयको समस्या हुँदा समाधान पनि संगै हुने भन्दै विद्यालय संग सम्बन्धित पक्ष जिम्मेवार हुनुपर्ने वताउनु भएको छ। कार्यक्रममा विद्यालय व्यावस्थापन समितिका सदस्य प्रेम चालिसे, तिलक पुन लगाएतले बोल्नुभएको थियो। कार्यक्रम विद्यालय व्यावस्थापन समिति अध्यक्ष दान वहादुर श्रीसको अध्यक्षता तथा प्रधानाध्यापक रुपा पुन को संचालनमा सम्पन्न भएको थियो।

त्यस्तै टोलीले आजै पारिजात वाल विकास केन्द्र झारसाँदि मा पनि अनुगमन तथा अन्तक्रिर्या कार्यक्रम सम्पन्न गरेको छ। सो कार्यक्रममा वडा अध्यक्ष डम्बर श्रीसले शिक्षाको आधारभूत जग वालविकास भएकोले वालवालिकाको मनोवैज्ञानिक विकास तथा सकारात्मक सोचको विकास आधारभूत तहवाट गर्नुपर्ने वताउनु भएको छ। कार्यक्रममा समाजसेवी इन्द्रमणि सापकोटाले धारण व्यक्त गर्नुभएको थियो । 

कार्यक्रम वालविकास केन्द्रका अध्यक्ष मनिराम विकको अध्यक्षता, तथा सहजकर्ता नन्दकलि नेपालीको संचालनमा सम्पन्न भएको थियो। गल्कोट नगरपालिका वडा नं. ११ रिघाले वडा भित्रको शिक्षा निति निर्माण गरि वडा भित्रका सवै विद्यालय अनुगमन गर्ने र आवश्यक पृष्ठपोषण सहित शैक्षिक सुधार गर्ने उद्धेश्य साथ कार्यक्रम संचालन गरिएको वडा अध्यक्ष तथा शिक्षा समितिका अध्यक्ष समेत रहनुभएका डम्वर श्रीसले वताउनु भएको छ।

माथिको तश्विरमा: वडा अध्यक्ष डम्वर श्रीस कार्यालयमा काम गर्दै | 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ