Skip to content
Saturday, July 18, 2026 Nepali Online Media
September 6, 2017 चितवन - CTW, समाज

चितवनमा पसेको गोही राप्ती नदीमा छाडियो

By kit 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ २१,चितवन। चितवनको रत्ननगरस्थित माधवपुर बस्तीमा पसेको दुर्लभ तथा संरक्षित मगर गोहीलाई आज राप्ती नदीमा छाडिएको छ ।

रत्ननगर नगरपालिका– १५ अन्नपूर्ण टोलस्थित माधवपुरकी इन्दिरा न्यौपानेको घरमा पुगेको गोहीलाई आज सौराहा नजिकै राप्ती नदीमा लगेर छाडिएको चितवन राष्ट्रिय निकुञ्जका पूर्वी क्षेत्र प्रमुख तथा सहायक संरक्षण अधिकृत अभिनय पाठकले जानकारी दिनुभयो ।

उहाँकाअनुसार घरको पिंँढीमा मगर गोही सुतिरहेको देखेपछि स्थानीयवासीको आग्रहमा निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषको टोलीले नियन्त्रणमा लिन खोज्दा घरभित्र पसकाले बोराले आँखा छोपेर नियन्त्रणमा लिएका थिए । गोही ९० सेन्टिमिटर लामो तथा करिव २० किलोको रहेको निकुञ्जको अनुमान छ ।

बिहान उठ्ने वित्तिकै इन्दिरा न्यौपानेले ढोका खोल्दा पिंँढीको खाटमुनी घुम्रिएर सुतिरहेको बस्तु देख्नुभयो । त्यही खाटमाथि उहाँका ससुरा हरिदत्त न्यौपाने मस्त निन्द्रामा सुतिरहनुभएको थियो ।

“लौ कुकुर पो आएर सुतेछ भनेर उहाँले धपाउन खोज्दा स्वाँ… गरेर ठूलो मुख पार्यो र झम्ट्यो, अनि साह्रै डर लाग्यो ”, न्यौपानेले भन्नुभयो । उहाँले यसअघि कहिल्यै गोही देख्नुभएको थिएन ।

उहाँका श्रीमान् लोकनाथ न्यौपानेले प्रहरी र निकुञ्जलाई खबर गर्नुभएको रत्ननगर नगरपालिका–१५ का वडा सदस्य रामकृष्ण खड्का बताउनुभयो । रासस