2026-09-12 02:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सप्तरीमा तामझामका साथ मनोयन दर्ता

भदौ २१,सप्तरी। सप्तरी जिल्लामा स्थानीय तह निर्वाचनको विभिन्न पदमा उम्मेदवारी दर्ताका लागि विभिन्न तामझामका साथ मनोयन दर्ता आज बिहान १० बजेबाट शुरु भएको छ । 

प्रदेश नं २ मा स्थानीय तह निर्वाचनअन्तर्गत तेस्रो चरणको निर्वाचनमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी, फोरम लोकतान्त्रिक, राप्रापा लगायतका विभिन्न पार्टीले आ–आफनो पार्टीका उमेदवारसँगै लावालस्करसहित जिल्लाको स्थानीय निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । 

पूर्ण सुरक्षाको व्यवस्था गरिएको प्रत्येक निर्वाचन अधिकृतको कार्यालयअगाडि ठूलो भीड लागेको थियो । बिहान १० देखि साँझ ५ बजेसम्म मनोयन दर्ताका लागि राजनैतिक दलहरु आ–आफ्नो पार्टी कार्यालयबाट ट्रक, बस, जिप, ट्र्याक्टर टेम्पो, म्याजिक र मोटरसाइकलमा झण्डा र पार्टीको ब्यानर लगाएर बजागाजा र नारासहित निर्वाचन कार्यालय पुगेका थिए । 

सवारी साधन सहितको मानिसको भिडका कारण बजारको चिया तथा नास्ता पसलमा खाजा खाने तथा पेट्रोल पम्पमा डिजेल लिनेको भीड लागेको थियो । स्थानीयवासी दिनेशचन्द्र गुप्ताले २० वर्षपछि स्थानीय तहको निर्वाचन हुन लागेको र यसबाट अधिकारसम्पन्न जनप्रतिनिधि छनोट हुने भएकाले त्यसका लागि प्रदेश नम्बर २ का जनता उत्साहित भएको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन साताको अन्तिम कारोबार दिन नेप्सेमा उछाल, २७.९४ अंकले बढ्यो बाढीपीडितलाई तत्काल सुरक्षित र अस्थायी पुनर्स्थापना गर्न सांसद केसीको माग आईजीपी कार्कीलाई बर्खास्त गर्न सांसद सुनारको माग बाढी प्रभावित बालबालिका अन्यत्र लैजाँदा अनिवार्य सिफारिस लिन मन्त्री बादीको आग्रह के यो देशमा सरकारभन्दा ठुलो माफिया नै हो त ? : आशिका तामाङ असोज १५ सम्म संसदको कार्यतालिका परिमार्जनसहित स्वीकृत भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १,३८५ पुग्यो, ५,१३० अझै सम्पर्कविहीन प्रधानमन्त्री शाहसँग शीर्ष उद्योगीको छलफल सरकारले उद्योग चलाउने होइन, निजी क्षेत्रलाई जिम्मा दिने हो : अर्थमन्त्री वाग्ले