८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सप्तरीमा तामझामका साथ मनोयन दर्ता

२१ भाद्र २०७४, बुधबार १०:४०

भदौ २१,सप्तरी। सप्तरी जिल्लामा स्थानीय तह निर्वाचनको विभिन्न पदमा उम्मेदवारी दर्ताका लागि विभिन्न तामझामका साथ मनोयन दर्ता आज बिहान १० बजेबाट शुरु भएको छ । 

प्रदेश नं २ मा स्थानीय तह निर्वाचनअन्तर्गत तेस्रो चरणको निर्वाचनमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी, फोरम लोकतान्त्रिक, राप्रापा लगायतका विभिन्न पार्टीले आ–आफनो पार्टीका उमेदवारसँगै लावालस्करसहित जिल्लाको स्थानीय निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । 

पूर्ण सुरक्षाको व्यवस्था गरिएको प्रत्येक निर्वाचन अधिकृतको कार्यालयअगाडि ठूलो भीड लागेको थियो । बिहान १० देखि साँझ ५ बजेसम्म मनोयन दर्ताका लागि राजनैतिक दलहरु आ–आफ्नो पार्टी कार्यालयबाट ट्रक, बस, जिप, ट्र्याक्टर टेम्पो, म्याजिक र मोटरसाइकलमा झण्डा र पार्टीको ब्यानर लगाएर बजागाजा र नारासहित निर्वाचन कार्यालय पुगेका थिए । 

सवारी साधन सहितको मानिसको भिडका कारण बजारको चिया तथा नास्ता पसलमा खाजा खाने तथा पेट्रोल पम्पमा डिजेल लिनेको भीड लागेको थियो । स्थानीयवासी दिनेशचन्द्र गुप्ताले २० वर्षपछि स्थानीय तहको निर्वाचन हुन लागेको र यसबाट अधिकारसम्पन्न जनप्रतिनिधि छनोट हुने भएकाले त्यसका लागि प्रदेश नम्बर २ का जनता उत्साहित भएको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता