पढ्न करिब 1 मिनेट लाग्छ

भदौ २१, कञ्चनपुर । नेपाल आइडोल जस्तै तिलक फिल्मस प्रा.लि.ले सुदूरपश्चिमका नौ वटै जिल्लालाई सहभागी गराई सुदूरपश्चिम आइडोल गर्न लागेको छ ।

सुदूरपश्चिममा मौका नपाएका र लुकेर बसेको प्रतिभालाई प्रस्फोटन गर्नको लागी यसप्रकारको कार्यक्रमको आयोजना गर्न लागेको र कला र गला भएका सबैलाई सहभागी हुनको लागि कञ्चनपुर जिल्ला कलाकार संगमका अध्यक्ष भोजराज अवस्थीले बताउनु भयो ।

जसको लागि भदौ ३० गते सम्म फारम भर्ने म्याद तोकिएको छ जसको आवेदन शुल्क ३०० तोकिएको छ । असोज ३ गतेबाट प्रत्येक जिल्लामा अडिसन शुरु गरि हरेक जिल्लाका टप ५ जानालाई धनगढी बोलाइने छ । यसरी फाइनलमा प्रथम भएकालाई रु. २५०००।– सहित गीत रेकर्ड त्यसै गरी द्वितीयरु.१०,००० सहित गीत रेकर्ड गर्ने मौका दिइने तिलक फिल्म्स प्रा.लि.का प्रबन्धक दिपका जोशीले बताए ।

भाई तिलक जोशी २३ वर्षको छोटो उमेरमा असमायिक निधन भएको र भाईको सपना भएकोले उनको सपना साकार गर्नको लागि यो कार्यक्रमको आयोजना गरेको जोशीले बताए ।